पुर्व मन्त्री प्रभु साहद्वारा प्रेस चौतारी रौतहट शाखाको कार्यालय गरियो उदघाटन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट,फाल्गुन १३ गते
प्रेस चौतारी रौतहट शाखाको कार्यालय उदघाटन गरिएको छ । आज शुक्रवार एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले उदघाटन गर्नु भएको हो । चौतारीको कार्यालय जिल्लाको मौलापुर नगरपालिकामा विधिवत् रुपमा सञ्चालनमा आएको हो । मौलापुर वडा नम्बर वडा नम्बर ५ स्थित रहेको रा.बा. बैंकको माथिल्लो तल्लामा अफिस सञ्चालन भएको हो ।
उदघाटन कार्यक्रमलाइ समबोधन गर्दै एमाले नेता साहले मौलापुर बाट सुरु नयाँ चिजहरुको विकास भइरहेको छ । उनले भने,प्रेस चौतारी पनि नयाँ सम्वाहक बनोस् । अबको दुनिया प्रविधिको युग हो । प्रविधिले पुरै दुनियामा राज गरिरहेको छ । त्यसैले चौतारीका सबै पत्रकारहरु प्रविधि मैत्रि बनोस । देशलाइ नयाँ संकल्पका साथ,नयाँ विचारका साथ,नयाँ सोचका साथ,नयाँ आत्म विश्वासका साथ अगाडी बढाओस् भनि शुभकामना दिएका थिए । साथै उनले मौलापुर नगर भित्र इसा पूर्वमा पतौरमा बनेको मन्दिरहरुको अवशेष भेटेको पनि उल्लेख गर्दै यसलाइ विश्व चिनाउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे । त्यसतै मौलापुर पतौरामा प्रत्येक वर्ष मधानी महायज्ञ र ल्याण्ड पुलिङ्घको लगायतको नयाँ कामहरुको थालनी भएको जानकारी गराएका थिए ।
कार्यालय उदघाटन पछि आयोजित कार्यक्रममा पर्सा जिल्लाका पत्रकार मृतुल्लाह र देवेन्द्र यादव, अशोक यादव,रमेश यादवलाइ प्रमुख अतिथी साहले टिकामाला लगाइ चौतारी स्वागत गरेका थिए ।
सो अवसरमा मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साह,नेकपा एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह अमरजी,नेता चन्देश्वर बैठा,प्रेस चौतारी रौतहटका अध्यक्ष उतम कुमार उपाध्याय सहित चौतारीमा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!