राैतहट जिल्लाकाे माधवनारायण नगरपालिकामा जनता समाजवादी पार्टीकाे वडा स्तरीय भेला सम्पन्न भएको छ । आसन्न स्थानीय तहकाे निर्वाचन लाई लक्षित गर्दै जसपाले आफनाे कार्यक्रमलाई तिर्व्रता दिएकाे हाे । संघियता,सुशासन,समृद्धि समाजवाद भन्ने नाराका साथ गठित जसपा अहिले चुनावी माहौल बनाउन घरघरमा पुगन थालेको छ ।
हरीनारायण यादवको अध्यक्षतामा माधवनारायण नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा )नेपालको नगर कमिटी बैठक मा ७ वटै वडा अध्यक्षको लागि टिकट निश्चित भएको छ ।
हिजो रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको नगर कमिटी बैठक बाट ७ वटै वडा अध्यक्षलाई टिकट दिने निर्णय गरेको छ।
हृदय नारायण यादवको अध्यक्षतामा नगर कमिटीको बैठक बाट टुङ्गो भईसकेको छ कि माधवनारायण नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल बलियो देखिरहेको छ ।
जब कि माधवनारायण नगरपालिकाको वडा अध्यक्ष उमेदवारहरुको नाम वडा नं ८ को जितेन्द्र प्रसाद ,९ को सुरेश सहनी ,७ को दिलीप कुमार यादव ,४ को रामईशवर यादव ६ ,को हरीनारायण प्रसाद यादव ,५ को रामोदर साह , १ को नारायण हरी यादव को वडा अध्यक्षको टिकट दिने निर्णय गरेको छ।
यो निर्णय नगर कमिटी बैठक बाट भएको हो यो निर्णय भए बित्तिकै माधवनारायण नगरपालिकाको जनता समाजवादी पार्टी नेपालको जनताहरु धेरै खुसी भएका छन्।