संजय सहनी रौतहट
०४वैशाख ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता शम्भु साहले गौर नपा सहित रौतहटमा पार्टी प्रति आकर्षण बढ्दै गरेको बताएका छन् ।
आइतबार आफ्नै निवास गौर -१ मा आयोजित पार्टी प्रवेश कार्यक्रम एव नव बर्सको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता साहले पार्टीको चुनाब चिन्ह कलम छाप प्रति गौर नगर बासीको आकर्षण बढेको बताएका हुन।
नगरमा हालका निर्वाचित जनप्रतिनिधिले कुनै उपलब्धिमुलक काम नगरेको आरोप लगाउँदै नेता साहले जनताले कलम छापलाई विकल्पका रुपमा लिएको दावी गरे ।
साहले नेकपा एकीकृत समाजवादीको कलम छापको उम्मेदवारहरुले मात्र नगरलाई विकसित गर्न सक्ने बताए ।
साहले नगरको मेयरको रुपमा निर्वाचित भएपश्चात यहाँको सरकारलाई जनमैत्री र पारदर्शी बनाउने र जनताको घरदैलोसम्म सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अहिलेको जनप्रतिनिधिले बिकास भन्दा बढि भ्रष्टाचार गरेको भन्दै आक्रोश ब्यक्त समेत गरेका छन् ।
खानेपानीको लागि कल जडान होस या बिकास निर्माणको काम होस हरेकमा कमिसनको चलखेल भएर भ्रष्टाचार भएको उहाँको भनाइ थियो।
उहाँले आफू जु.मा.बीको अध्यक्ष भएको बखत बिद्यार्थी भाइ बहिनीको उज्ज्वल भबिस्यको लागि अङ्ग्रेजी माध्यमको अध्यापन संचालनमा ल्याएको बताए ।
महिला दिदी बहिनीलाई सम्बोधन गर्दै नेता साहले महिला दिदी बहिनीको हक अधिकारको लागि आफू ठोस योजना बनाउने प्रतिबद्धता ब्यक्त समेत गरेका छन् ।
नेता साहले पछिल्लो समय हजारौं महिलालाइ नेकपा एकीकृत समाजबादीमा प्रवेश गराएको नेता बिक्रान्त बिक्रम नेपालको दाबी छ।