मुकेश कुमार साह,रौतहट २४ बैशाख । एमालेबाट गुजरामा मेयर पदका उम्मेदवार बनेका शेख एकरामुल हकको पक्षमा जनलहर बढ्दै गएको छ ।
एमालेले आयोजना गरेको घर दैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका उम्मेदवारहरुलाई जिताउन शक्ति प्रदर्शन हुन थालेको छ ।
मेयरका उम्मेदवार हकले आफुले चुनाब जिते पाँच बर्षको अवधिमा विकास न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिने बताएका छन्न् । गुजरा नगरपालिका वार्ड नं ५ मा घरदैलो कार्यक्रम गर्दै उनले यस्तै बताएका हुन् । मेयरका उम्मेदवार हकले आफू सँग विकास र समृद्धिको वृहत्तर योजना रहेको र मेयरमा विजयी भई नगरपालिकाको विकासको नेतृत्व गर्न चाहेको बताउँदै आएका छन् । विकास प्रतिको आफ्नो भिजनलाई व्यवहारमा ढालेर नगरपालिकालाई एउटा नमुना नगरको रुपमा विकास गर्ने आफ्नो योजनालाई साकार पार्न आम मतदातालाई अनुरोध गरिरहेका छन् ।
निर्वाचनको लागि दलका उम्मेदवारहरूले जसरी पनि जित्नै पर्ने गरि आफूले भ्याए सम्मको अभियान शुरु गर्न थालेका छन् । प्रचार अभियानले तीव्रता ल्याएसँगै अव कसको पल्ला भारी भन्ने सम्बन्धमा अनुमान लगाउन थालिएको छ ।
घर दैलोमा एमालेका मेयर पदका उम्मेदवार एकरामुल हक, उप प्रमुखका उम्मेदवार रानी कुमारी चौधरी तथा वडा अध्यक्षका उम्मेदवारहरू शम्भु साह , रामबाबु चौधरी लगायतको सहभागिता रहेको थियो ।
उनीहरूले जनतासँग गुजराको समृद्धिको लागि एमालेको उम्मेदवारहरूलाई जिताउनको लागि आग्रह गरेको समेत थिए ।