रौतहट १३ भदौ
रौतहट प्रहरीले जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं-२ बाट वेवारीसे अवस्थामा रहेको २०४ किलो लागु औषध गाँजा बरामद गरेको छ।
सोमबार एका बिहानै विशेष सूचनाको आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरको संयुक्त गस्ती उक्त परिमाणको लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरी र प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक सुरेश चौधरीको संयुक्त कमाण्डमा खटिएको टोलीले उक्त गांजा बरामद गरेको हो ।
जिल्लाको गौर नगरपालिका वडा नं।२ बकैया खोलाको किनारमा नेपालबाट लागु औषध गाँजा भारततर्फ लैजादै गरेको प्रहरीले सूचना पाएको थियो।सूचना पाए लग्तै गएको प्रहरी टोलीलाई देख्ना साथ १७ ओटा प्लाटिकको पोकामा २०४ किलो लागु औषध गाँजा तस्करहरु फालेर फरार भएको प्रहरीले जनाएको छ।
नेपाल बाट भारत तर्फ लैजादै गरेका नौ जना प्रहरी देख्नेबित्तिकै उक्त सामान छाडेर भागेको सशस्त्रको गौर बिओपीका प्रमुख महेश्वर गिरीले जानकारी दिएका छन् । उक्त गाँजा आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाएको छ।
गाँजा तस्करीमा समलग्नको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।