राैतहट,गते २०भदौ
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाको बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रम टिसर्ट वितरणमै सिमित राख्न खाेजिएकाे हाे । बजेट हिनामिना गर्ने नियतले कुनै पनि कार्यक्रम सञ्चालन गरिएको थिएन् ।
अहिले केही संख्यामा मात्र टिसर्ट वितरण गरि लाखौं रकम पचाउन खाेजिएकाे हाे । कामै नगरी बजेट हिनामिना गर्ने नियतले यस्तो गर्न लागिएकाे हाे । गत आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्नु पर्ने कार्यक्रम अहिलेसम्म सकाईएकाे छैन् ।
गत भदौ ०२ गते गत बुधबार बहुक्षेत्रिय पाेषण कार्यक्रम नगर स्तरीय पाेषण तथा खाद्व सुरक्षा निर्देशक समितिकाे बैठक तथा अभिमूखिकरणकाे नाममा एक दिनमै १३ लाख बजेट सकाउन खाेजिएकाे थियो । बहुक्षेत्रीय पाेषण कार्यक्रममा अनियमितता भएको शिर्षककाे खबर बाहिर आएपछि टिसर्ट वितरण गर्न सुरू गरियाे ।
कार्यक्रम संयाेजक मुकेश साहले कार्यक्रम नै सञ्चालन नगरी भुक्तानी लिएकाे बुझिएको छ । कार्यक्रम सञ्चालनका लागि उनले करिब १३ लाख रूपैयाँ पेश्कीकाे रूपमा लिएकाे स्राेतले जनाएको हाे । नगरपालिकाले गाउँका सुत्केरी, गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण योजना अन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) को सहयोगमा साे नपाका वडामा महिलाहरूलाई कुखुरा, घिउ तथा पाेषण सामाग्री वितरण गर्नका लागि आएकाे रकममा अनियमितता गरेको आरोप छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा सकाउनु पर्ने कार्यक्रम चालू आर्थिक वर्ष २०७९/८० काे एकै दिन कार्यक्रम गरि सकाउन खाेजिएकाे थियाे । भदौ ०२ गते भएको कार्यक्रममा टाँसिएको बैनरमा मिति पनि लेखिएको थिएन । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवलाई राजनीतिक दबाब दिलाई कामै नगरी पेश्कीकाे रकम हिनामिना गरेका छन् ।
बहुक्षेत्रिय पाेषण कार्यक्रममा अनियमितता भएकाले छानबिन हुनुपर्ने माग स्थानीयको छ ।
बाल र मातृ मृत्युदर घटाउन र विपन्न तथा सीमान्तकृत वर्गका गर्भवती महिला तथा २ वर्षमुनिका बच्चालाई पोषण प्रदान गर्ने उद्देश्यले साे कार्यक्रम सञ्चालित रहेकाे छ । कार्यक्रम सञ्चालन भएको भए करिब २७ लाख जति बजेट आउने थियाे । तर कार्यक्रम नै नगरेकाेले बहुक्षेत्रिय पाेषण कार्यक्रमका लागि १३ लाख मात्र बजेट उपलब्ध गराईएकाे हाे ।
यस विषयमा कार्यक्रम संयाेजक साह सँग साेध्दा सम्पर्क हुन सकेकाे छैन् । बहुक्षेत्रिय पाेषण कार्यक्रमका मधेस प्रदेश संयाेजक हेमन्त झा सँग साेध्दा प्रेग्रेसिङ्ग रिपोर्ट अहिलेसम्म नआएकाेले यस बारे केही बाेल्न नमिल्ने बताए ।