रौतहटमा चुनावी माहोल तात्दै, मतदाता जोड घटाउमा व्यस्त

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

ओमप्रकाश यादव कार्तिक ५ गते मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रौतहटमा चुनावी सरगर्मी बढेको छ ।

जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेसँगै जनताको घरदेलौमा पुगेर मत माग्न थालेपछि जिल्लाको चुनावी माहोल तातेको छ ।पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सहित विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले जिल्लामा यतिबेला चुनावी माहोल तातेको छ ।

चुनावी तयारीलाई तीव्र पारेको सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् । उम्मेदवारले आफ्नो र दलको एजेण्डा बोकेर जनतामाझ पुग्न थालेका छन् । उम्मेदवारहरुलाई यतिखेर मतदाता भेटन भ्याइ नभ्याइ रहेको छ ।

आ–आफना विभिन्न चुनावी एजेण्डा लिएर उम्मेदवार विहान देखी अबेर रातिसम्म जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।
जनताको घरदैलोमा पुगी उनिहरु आ–आफना पक्षमा मतदान गरी विजयी गराउन मतदाताहरुलाई आग्रह गरिरहेका छन् ।
दलका नेता कार्यकर्ता र झण्डासहित उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेपछि यतिबेला सहरी क्षेत्रमा मात्र नभई्, ग्रामीण भेगमा पनि चुनावी माहोल बन्दै गएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि पुनः अर्काे महत्वपूर्ण जनप्रतिनिधि छनोट गर्ने अवसर आएकाले यसलाई सहीरुपमा सदुपयोग गर्ने तयारीमा मतदाता छन् । यता, राजनीतिक दलको चहलपहल सँगै मतदातामा पनि चासो र चर्चा बढ्न थालेपछि यहाँको निर्वाचनमा माहौल तातिएको छरछिमेकदेखि सार्वजनिक थलोसम्म चुनावी गफगाफ नै बढी हुन थालेको छ । विहानको सुरुवात नै कुन दलबाट को जित्ला भन्ने बारेको बहस हुन थालेको छ । अहिले चोकचोकको चिया पसलदेखि लिएर शहर, बजार र ठूलठूला होटलमा चुनावी चर्चा परिचर्चा हुन थालेको देखिएको छ ।

चुनावी सरगर्मी बढेसँगै आम जनता चुनावमा कस्ले जित्ने र हार्ने बारेमा बहस गर्न थालेका छन् । यसपालिको चुनावमा कुन उम्मेदवार बलियो छ, कुन उम्मेदवारले बाजी मार्ने, कस्ता उम्मेदवारलाई भोट खसाल्ने इत्यादि विषयमा आम मतदाता जोड घटाउमा लागेका छन् ।

निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल चुनावी मैदानमा होमिएका छन भने नेकपा एमालेबाट गौर नगरपालिकाका पुर्व मेयर अजय गुप्ता, जसपाका बागी उम्मेदवार रेवन्त झा लगाएतका व्यक्ति चुनावी मैदानमा उत्रेका छन् ।

माधव नेपाल, अजय गुप्ता र रेवन्त झा बीच कडा प्रतिस्पर्धा हुने आम मतदाताको आकलन छ । त्यस्तै क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट बम विस्फोट गराएको आरोपमा जेल जिवन बिताइरहेका पुर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमका जेठो छोरा मोहम्मद फिरदोस आलम र नेकपा एमाले र जसपाको तर्फबाट उम्मेदवारी दिएका जसपाका शैलेन्द्र साह र स्वतन्त्र उम्मेदवार किरण साहबीच प्रतिस्पर्धा हुने भएको छ ।

क्षेत्र नं ३ मा एमालेको टिकट अस्वीकार गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साह चुनावी मैदानमा होमिएका छन भने सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धिरज पटेल, कांग्रेसका बागी उम्मेदवार ओम प्रकाश जयसवाल सहितका व्यक्ति चुनावी मैदानमा उत्रेका छन ।

क्षेत्र नं ३ मा दर्जनौ व्यक्ति प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धी प्रभु साह, धिरज पटेल र ओम प्रकाश जयसवाल नै रहेका छन् । यहाँ साह, पटेल र जयसवालबीच कडा भिडन्त हुने मतदाताहरुले बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपासँग चुनावी तालमेल गरेपछि असन्तुष्ट भई एमाले छाडेका प्रभु साह स्वतन्त्रबाट उम्मेदवारी दिएपनि उनलाई सत्तारुढ गठबन्धनको साथ रहेको भन्दै अनौपचारिक रुपमा चर्चा भइरहेको छ ।

तर सत्तारुढ गठबन्धनबाट आफु उम्मेदवार रहेको र आफु चुनाव लड्नबाट कुनै हालतमा पछि नह्टने उम्मेदवार धिरज पटेलले घोष्णा गरिसकेका छन् । लगातार तिन पटक सांसदमा निर्वाचित प्रभु साहलाई यसवर्ष जसरी नि हराउन माओवादीका धिरज पटेल र स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल कम्मर कसेर लागेका छन । यी तिनै जना उम्मेदवार जित निकाल्न कुनै कसर बाँकी नराख्ने गरी प्रचार प्रसारमा लागेका छन् ।
त्यस्तै क्षेत्र नं ४ बाट सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना र एमाले जसपा गठबन्धनका उद्धव रेग्मीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन, नेकपा एमाले–जसपा गठबन्धन, जनमत लगाएतका विभिन्न ठूला र साना दल सहित स्वतन्त्रबाट गरी २ सय ७ जना उम्मेदवार भाग लिदैँछ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!