स्वतन्त्र उम्मेदवार किरण साहले आफ्नो गाउँ राजपुर नपा वडा नं.४र५ मा घरदैलोमा ब्यस्त

पछिल्लाे समाचार

स्मिथ कुमार रजक
कार्तिक २९गते

रौतहट क्षेत्र नम्बर २ स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता किरण कुमार साहले आफ्नो चुनावी प्रचार प्रचार कार्यक्रमलाई निरन्तरता दिदै आज मंगलबार जिल्लाको राजपुर नगरपालिकाको वार्ड नं.४र५ मा घरदैलो गरेका छन ।

कल छाप चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदको स्वतन्त्र उम्मेदवार किरण कुमार साहले मंगलबार कार्यकर्ताहरुका साथ वडा नम्बर ४र५ अन्तर्गत पर्ने आफ्नो राजपुर गाउँमा घरदैलो कार्यक्रम गरेका हुन् ।

घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार युवा नेता किरण कुमार साह मतदाताको घरमा पुग्दा बृद्धबृद्धा,युवा लगायत महिला मतदाताहरु उहाँ प्रति हर्षित हुँदै फुलमाला सहित टिका लगाई जित निश्चित हुने भनि अग्रिम बधाई तथा शुभकामना दिएका छन ।

स्वतन्त्र उम्मेद्वार किरण कुमार साह प्रति मतदाताको भरोसा बढ्नुका साथै किरण कुमार साहको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने त्यहाँका मतदाताहरु बताउँछन् ।
अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ स्वतन्त्र उम्मेद्वार किरण कुमार साहको विकल्प नभएको बताउँदै मतदाताहरुले साहलाई विजयीको आशिर्वाद दिँदै फुल माला लगाइदिएका थिए ।

वहाँका लगनशिलता र मिहिनेतीको देखेर साथै यो नगर र ठाउँको कल्याण हुन्छ भनि भनेर बिभिन्न पार्टीबाट आबद्ध रहेका कार्यकर्ताहरु किरण कुमार साह संगै मतदाताको घरघरमा पुगेर आ–आफ्नो सघासम्बन्धिहरुसंग कल छापमा मत दिन आग्रह समेत गरेका थिए ।

मतदाताहरुले भने बिभिन्न पार्टीका ठगि नेताहरुलाई जिताएर देखे ,जितेपछि एक पल्ट फक्रिएर नआए तर अव देश बिकाशको लागी अवको पालो स्वतन्त्र उम्मेदवार युवा नेता किरण कुमार साहलाई अत्याधिक मत दिएर जिताउन मनस्थितीमा पुगेका छन ।मतदाताको घदैलोमा पुगेर मत माग्न थालेपछि आफ्नो पक्षमा चुनाव आउन थाले स्वतन्त्र उम्मेदवार युवा नेता साहले बताएका छन् ।
शुक्रबारका दिन गरेको भब्य स्वागत र उत्साहको कारणले गर्दा रौतहट क्षेत्र नं.२मा कल छापका स्वतन्त्र उम्मेदवार किरण कुमार साहको नेताकार्यकर्ता तथा समर्थकहरुको मनोबल झन् बढन थाले राजपुरका स्थानियले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!