स्मिथ रजक
राैतहट,मंसिर १२ गते
राैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको सहयोगमा पिपुल ईन निड र सामुदायीक आत्म निर्भर केन्द्रको सहकार्यमा साे कार्यक्रम गरिएको हाे ।
नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख अतिथ्यता सम्पन्न भएको कार्यक्रममा अतिथिकाे रूपमा उपमेयर रिता देवी रहृनु भएको थियाे । कटहरिया नगरपालिकाको सभा हलमा सम्पन्न भएको कार्यक्रममा
कटहरिया नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरुलाई भूउपयोग, वर्ग र क्षेत्र सम्बन्धि प्रशिक्षण गोपाल गिरीले दिनु भएको थियो ।
भूउपयाेग परिषद कटहरिया नगरपालिकाका नगर प्रमुुखको अध्यक्षतामा समिति समेत गठन भएको छ । सो कार्यक्रममा कटहरिया नगरपालिकाका लेखा अधिकृत रामप्रकाश साह, योजना प्रमुख रामनरेश यादव, शिक्षा संयोजक अनिल निधि,सह संयाेजक सुरेन्द्र ठाकुर वडा नम्बर १ का वडा अध्यक्ष भुपेन्द्र महतो कोईरी, वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह, वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाला गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी,वडा नम्बर ७ का वडा अध्यक्ष सहिद आलम,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह, लगाएत नगरपालिकाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।