मेयरले कृषिकाे बैठक गाेप्य ढंगले गर्न थालेपछि मात्रै पत्र लेखेकी हुँ:उपमेयर संगीता राम


राैतहट,पुस ०१ गते

वृन्दावन नगरपालिकाको नगर प्रमुख बिनाेद प्रसाद कुर्मीले किसानको मल खाद्यमा पनि मनपरि गरि नगरपालिका लाई कमाईखाने भाँडाे बनाएपछि आफूले त्यसलाई राेक्न पत्र लेखेकाे उप प्रमुख संगीता रामले बताएकी छिन् ।

सबै स्थानीय तहमा कृषिको संयोजक उपमेयर रहने व्यवस्था छ । तर पनि हाकिम खिमबहादुर भुजेल र मेयर कुर्मीको मिलोमतोमा कृषि शाखा प्रमुखले उपमेयर लाई नै जानकारी नगराई,मेयर कुर्मीलाई आमन्त्रण गरेर उनकै अध्यक्षता गराइ,लुकाइ छिपाई कृषिको बैठक बसेर कृषि सम्बन्धि मिटिङ गरेर आफुखुशि म्यानेट पास गरेकोले यस्तो उदण्ड र एकल साशन गर्ने प्रविति रोक्नका निम्ति अर्को मिटिङ न बसुन्जेलसम्म र अर्को निर्णय न हुन्जेलसम्मको लागि मात्र आफुले तत्काल मल खाद्य विक्रि वितरणमा रोक लगाउन साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेड डिपो कार्यालय गौरलाई निवेदन लेखेकी हुँ ।

तर नगरपालिकाको दर्ता चलानी मेयरले लुकाएर आफ्नो घरमा राखेकोले आफुले सो निवेदन दर्ता गराउन न सकेको नगर उप प्रमुख संगिता कुमारी रामले जानकारी दिएकि हुन् ।

साथै आफू पनि किसानकै छोरी बुहारी रहेकोले र आफुलाई मत दिने अधिकांश जनता किसान नै रहेकोले आफू किसानकै पक्षमा काम गर्ने प्रतिवद्धता जाहेर गर्दै । मेयरले खटाएको झुठा प्रचार वादीहरुको प्रचार प्रसारमा नपर्न र भ्रममा नपर्न वृन्दावनका जनताहरुसंग आग्रह गरेकि छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!