जनता समाजवादी पाटी नेपालको रौतहट जिल्ला अध्यक्षमा श्याम विहारी यादव चयन

पछिल्लाे समाचार

रौतहट,२०७९पुष ४ गते,

जनता समाजवादी पाटी नेपालको रौतहट जिल्ला अध्यक्षमा श्याम विहारी यादव चयन भएका छन् । पार्टीमा लामो समयदेखी काम गर्दै आएको आधारमा सोमवार यादवलाई जसपाको जिल्ला अध्यक्षमा सर्वसम्मतले चएन गरिएको छ ।

यसअघिका जसपाको जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल निर्वाचनको समयमा पार्टी नै छोडेर गएपछि त्यसबेला देखी नै अध्यक्ष पद रिक्त भएको थियो ।
स्थानीय तहदेखी लिएर संघ र प्रदेशको निर्वाचनमा टिकट नपाँउदा विभिन्न नेताहरुले पार्टी छोडेर गएपछि जसपाको अवस्था रौतहटमा कमजोर भएको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वंयम आफनै रोहवरमा पुरानो जिल्ला कमिटि विघटन गर्दै नयाँ कमिटि निर्माण गरेका हुन । आगामि निर्वाचनमा राम्रो नजिता ल्याउनका लागि रौतहटमा पार्टीलाई थप मजबुत एवं बलियो बनाउन समितिलाई समायोजन गरिएको अध्यक्ष यादवले बताए ।

उनले सबैको सर्वसहमतिको आधारमा पार्टीमा लामो समयदेखी सक्रिय भई इमान्दारीका साथ काम गर्दै आएका क्षमतावान एवं जोसिला युवा वर्गका नेतालाई प्रमुख पदहरुको जिम्मेवारी दिदै ६१ सदसीय जिल्ला कमिटि चएन गरेका हुन । जसपाको जिल्ला उपाध्यक्षमा २ जनालाई चयन गरिएको छ । उपाध्यक्षमा मोहम्मद कलिमुल्लाह र अमृत चौधरीलाई चयन गरिएको छ ।

यस्तै, सचिवमा लखिन्द्र यादवलाई चएन गरिएको छ भने सह–सचिवमा तिन जना जयराम महतो, शम्भु यादव र दिनेश कुमार यादवलाई चयन गरिएको जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् । कोषाध्यक्षमा वृज मोहन साह र सदस्यहरुमा राजिव कुमार यादव, अमरुल हक, नुरुल होदा, दिलिप यादव, पारस भण्डारी, उपेन्द्र यादव लगाएतलाई चएन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!