रौतहटको माधवनारायण नगरपालिकामाथि भ्रष्टाचारको आरोप, अख्तियारमा पर्यो उजुरी

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९पुष ५ गत

रौतहटको माधवनारायण नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै सो नगरपालिका विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले भ्रष्टाचार गरेको भन्दै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उजुरी परेको हो ।

मेयर यादवले खाजा र खानाको नाममा नगरपालिकाको लाखौं बजेट हिनामिना गरेको भन्दै नेकपा माओवादी केन्द्रका माधवनारायण नगर कमिटि अध्यक्ष एवं मेयर प्रत्याक्षि देवनारायण भगतले आवश्यक छानविनका लागि अख्तियारको कार्यालय हेटौडामा निवेदन दर्ता गराएका छन् । भगतले दिएको निवेदनको दर्ता नं. २३०३ रहेको छ ।
नगरपालिका कार्यालयको आयोजनामा कुनै कार्यक्रम गर्नुपर्दा मात्र सहभागीहरुको खाजा र खानाको खर्च नगरपालिका कार्यालयले व्यवहोर्ने नियम छ तर माधवनारायणका मेयर यादवले विना कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको भनी लाखौं रकम भुक्तानी गराई भ्रष्टाचार गरेको निवेदन सहितको उजुरीमा उल्लेख छ ।

मेयर यादवको आदेशमा विल भपाईको आधारमा गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपैया भुक्तानी दिइएको उल्लेख छ ।

नगरको प्रत्येक टोलको पोलपोलमा विजुली वत्ति लगाउने र नगरपालिका भित्रका विभिन्न कार्यालयका लागि आवश्यक सामग्रिहरु खरिद गर्ने नाममा समेत भ्रष्टाचार भएको आरोप छ ।
त्यस्तै कुनै संस्था वा उपभोक्ता समितिको नाममा मात्र पेश्की दिनुपर्ने नियम छ तर नगरपालिकाको रकम हिनामिना गर्ने नियतले नगरपालिकाबाट चारजना कर्मचारीको व्यक्तिगत नाममा लाखौं रकम पेश्की निकासा गरिएको आरोप लगाइएको छ ।

नगरपालिकाको सम्पत्ति हिनामिना गर्नेमाथी आवश्यक छानविन गरी दोषीलाई कार्यवाही गर्न माग गरिएको उजुरीमा उल्लेख गरिएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!