२०७९माघ ०१ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा माघी महोत्सव सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर २ चोचा फन पार्कमा आज देखि महोत्सव शुभारम्भ भएको हो । थारू भाषा र संस्कृति हाम्रो सान,सबैजना थारू भाइ बहिन मिलि बचाउ आफनो पहिचान भन्ने मूल नाराका साथ सुरू भएको महोत्सव ४ दिन सम्म चल्ने आयोजकले जानकारी गराएको हो ।
थारू कल्याणकारी समिति रौतहटको आयोजनामा सो महोत्सव चलिरहेको छ । आइतबार एक कार्यक्रमका बिच नगर प्रमुख सन्तलाल चौधरीले माघी महोत्सव उदघाटन गर्नु भएको थियो । भने कार्यक्रमको अध्यक्षता समितिका जिल्ला अध्यक्ष सरोज चौधरीले गर्नु भएको थियो ।
आजदेखि सुरु भएको महोत्सवमा भोलीदेखि ख्याति प्राप्त कलाकारहरूले आफनो कला प्रस्तुत गर्ने बुझिएको छ । महोत्सवमा थारू संस्कृति झल्किने झाकीहरू प्रस्तुत गरिएको थियो ।
सो अवसरमा गुजरा नगरपालिकाकी उप मेयर रत्न लामा,चन्दपुर नगरपालिकाकी उपमेयर जयमाला चौधरी लगायतका व्यक्तिहरूको सहभागीता रहेको सो वडाका वडा अध्यक्ष अशोक चौधरीले जानकारी गराउनु भएको हो । गुजरा नगरपालिकाले महोत्सव मनाउन माघ २ गते स्थानीय विदा समेत दिएको हो ।