जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

स्मिथ रजक रौतहट १४ माघ 
रौतहटको देवाही गोनाहीमा जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न भएको छ । रौतहटको देवाहीगोनाही नगरपालिकाको बौधीदेवी प्रावि प्रेमपुरमा सो भेला सम्पन्न भएको हो ।

जनता समाजवादी पार्टीको संगठन विस्तारको क्रममा विर बहादुर राय यादवको अध्यक्षतामा ३१ सदस्यीय नगर तदर्थ समिति गठन गरेको छ । त्यसैगरि उपाध्यक्ष रघुनाथ साह र सेख नजिर , सचिव कमलेश यादव , सहसचिव दिपक साह कानु , सन्तोष पटेल , कोषाध्यक्ष तेतरी देवी कुम्हार सदस्यहरुमा रामप्रबेश पटेल , जाहिर अंसारी , जयमंगल यादव , विन्देश्वर पंडित , रमन साह ,भोला राय , शैलेन्द्र पटेल लगायतका ३१ सदस्यीय देवाहीगोनाही नगर तदर्थ समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष विर बहादुर राय यादवले तराई पोष्टलाई जानकारी दिनु भयो ।

जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादवको  अध्यक्षता तथा केन्द्रिय राजनितिक समितिका सदस्य बिश्वनाथ पटेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सो नगरपालिकाका १ नम्बर वडा देखि ९ नम्बर वडाका जनता समाजवादी पार्टीका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य चुल्हाई राय यादव ,मधेश प्रदेश समिति सदस्य एवम् जिल्ला इन्चार्ज राम आशीष यादव , सहइन्चार्ज राजकुमार दास ,मधेश प्रदेश सदस्य ईश्वरी राय यादव , रौतहट सहसचिव शम्भु यादव लगायत सयौ पार्टीका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

शनिबार २८ सदस्यहरुको चयन सकिएको र बाकी ३ जना सदस्य भने तदर्थ समितिको पहिलो बैठकबाट मनोनियन गरी ३१ सदस्यीय समिति बनाउने सो पार्टीका संघिय परिषद सदस्य दिनेश यादवले बताउनु भयो ।

पछिल्लो समय रौतहटमा जनता समाजवादी पार्टी नेपालको गतिविधिहरुमा निरन्तरता दिन नसकेकोमा अबका दिनहरुमा रौतहटमा पार्टीको गतिविधिहरुले तिब्रता पाउने जनाइएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!