रौतहटका गढीमाई नगरपालिका वडा नम्बर२ बैरियामा ऐतिहासिक विश्व प्रख्यात मेला लाग्ने

पछिल्लाे समाचार

स्मित रजक
रौतहट २०७९माघ२९

रौतहटमा यस बर्ष फागु मेला लाग्ने भएको छ । आइतबार गढीमाई नगरपालिकामा अवस्थित विश्व प्रख्यात लडाइया समपुरमा ऐतिहासकि मेला लाग्ने सो नगरपालिकाले जनाएको छ । 

नेपाल र अंग्रेजबिच भएको युद्धमा ब्रिटिस सेनाहरुलाई लखेटेर युद्ध जितेको इतिहास बोकेको गढीमाइमा आउदो फागुन १९ गतेबाट २३ गतेसम्म फागु बैरिया मेला महोत्सव लाग्ने भएको हो । गढीमाई नगरपालिकाको आयोजनामा हुने सो मेलामा नेपाल र भारतका प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुति रहने नगर प्रमुख श्याम प्रसाद यादवले पत्रकार सम्मेलनमा बताउनु भएको थियो ।

२ सय ५ वर्ष अघिदेखि लाग्दै आएको सो मेलालाई यस बर्ष विशेष तरिकाले लाग्ने वडा नम्बर २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र श्रेष्ठले बताउनु भयो । आइतबार गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै ऐतिहासिक समपुरलाई विश्वमा चिनाउन संचारकर्मीको अहम भुमिका हुने प्रवक्ता श्रेष्ठले जिकिर गर्नु भयो । सन १८१४ डिसेम्वर ३१ मा नेपालीले समनपुरबाट अग्रेजको फौजलाइ लखेटर सिमाना कटाएको र हतियार कब्जामा लिएको खुशीयालीमा हरेक वर्ष सो स्थानमा मेला लाग्ने गरेको छ । 

सेना र समनपुर आसपासका बासिन्दाले अग्रेजलाई लखेटेको इतिहासको स्मरण गर्दै त्यस वेला भएको युद्धको झझल्को दिने कथामा आधारित नाटकसमेत प्रदर्शन गरिने कलाकारहरुको आमन्त्रण गरिएको मेयर यादवले भबताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!