धनुषामा घुससहित दुईजना अख्तियारको नियन्त्रणमा

0
92

जनकपुरधाम,साउन २८ गते ।
जनकपुरधाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियरसहित दुई जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

पर्खाल निर्माणपछि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार बर्दिबासबाट खटिएको टोलीले इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी गुरुदेव यादवलाई एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेकसहित नियन्त्रणमा लिएको हो।

आइतबार उनीहरुलाई शहिदनगर–३ स्थित पशु सेवा केन्द्र भवनबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। देशसञ्चार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here