समाजसेवी राजाबाबुले गरे दुर्गा मन्दिर मुडवलवामा कलसा र प्रहरी चाैकी बसतपुरमा कुर्सी सहयोग

पछिल्लाे समाचार

अशाेज १८ गते

प्रेमचन्द्र झा

गाैर । राैतहटको राजदेवी नगर पालिका वडा नम्बर ७ मा नयां मन्दिर निर्माण भई विधि पुर्वक पुजापाठ भई रहेका छन ।

सो पुजाका लागि गरिने कलश यात्राका लागि स्थानिय समाजसेवी अमित यादवले पितलका ५१ वटा कलसा प्रदान गर्नु भएको छ ।युवा संघ नेपाल राजदेवी नगर पालिका वडा नम्बर ७ का अध्यक्ष समेत रहनु भएका समाजसेवी यादवले दुर्गा पुजा मा गर्नु भएको पितलकाे ५१ वटा कलसा दानले वडामा निकै चर्चाकाे विषय बनेकाे सोही वडामा घर भएका पत्रकार राकेश कुमार यादवले बताउनु भयाे ।

स्थानियहरुले अमित यादव उर्फ राजाबाबुलाई दानविरको संज्ञा दिन थालेका छन । यसैबिच समाजसेवी अमित यादव उर्फ राजाबाबुले राजदेवि नगरपालिका स्थित प्रहरी चाैकी बसतपुरलाई पलास्टीकका ६ थान कुर्सी सहयोग गर्नु भएकोछ ।

सो कुर्सी प्रहरी सहायक निरिक्षकलाई हस्तान्तरण गर्दै आवश्यकता परे थप सहयोग गर्ने प्रतिवद्वता गर्दे जनताको जिउ धनको सुरक्षामा कुनै कसर बांकी नराख्न आग्रह गर्नु भयो । पत्रकारले सोधेको एक प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिदै समाजसेवी राजाबाबुले राजनिति मैदानमा उत्रिएको बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!