बचेलाल बैठा २०७८भदौ १८ गते
रौतहटको चन्द्रपुरमा समयमा नै अस्पताल पुर्याउन नसक्दा एक जनाको ज्यान गएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारका अन्दाजी ४० बर्षिय हर्क बहादुर वाइबाको शुक्रबार चादी नदीमा आएको बाढी र बर्षाले समयमा नै अस्पताल पुर्याउन नसक्दा ज्यान गएको हो । शुक्रबार बिहान बर्षा हुदा गैडाटार र चन्द्रनिगाहपुरबिचमा रहेको चादी नदीमा बाढी आएपछि वाइबाको समयमा नै उपचार हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ । उपचारका लागी चादी नदीमा आएको बाढीले एम्बुलेन्स आउन नसकेपछि स्थानिय र आफन्तहरुले पिठ्युमा बोकेर नदी तारेर अटोमा नै उपचारका लागी चन्द्रपुर अस्पतालमा पुर्याएका थिए । समयमा नै अस्पताल पुग्न नसक्दा वाइबाको ज्यान गएको हो । प्रेसरको बिरामी रहेका वाइबा घरायसी घरधन्दामा नै ब्यस्त भइरहदा एक्कासी लडेको पारिवारिक स्रोतले बताएको छ । बर्षायाममा केही क्षण पानी पर्दा सो खोलामा बाढी आउने र आवतजावत नै रोकिने गरेको छ । अन्य बर्षको तुलनामा यस बर्ष स्थानियले सचेत अपनाइएकाले मान्छेलाई बगाएको छैन । बाढी आउदा स्थानियले यस बर्ष कुनै पनि सवारी साधन खोलामा हालेका छैनन । जसले गर्दा यस बर्ष १५÷२० दिनसम्म स्थानिय पैदल र अटोमा नै आवतजावत गर्ने गरेका छन । सो चादी खोलामा निर्माणधिन पुल ३ बर्षमा निर्माण गरि सक्नु पर्ने भएतापनि ५ बर्ष भइसक्दा पनि ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पटक पटक पुल निर्माणमा स्थानियले ताकेता गर्दा पनि सो पुल निर्माणतर्फ ठेकेदार कम्पनिले चासो देखाएको छैन ।