रौतहटको बिभिन्न नगरपालिकाले बिधालय सन्चलान नभएको समयकमा पनि दिवा खाजाको रकम निकासा

0
661

बचेलाल बैठा २०७८ भदौ २१ गते
रौतहट । बिभिन्न ठाउँको बिधालयमा बिधार्थीहरुको लागी आएको दिवा खाजामा अनियमितता भएको पाईएको छ । रौतहटको बिभिन्न नगरपालिकाले बिधालय सन्चलान नभएको समयको पनि दिवा खाजाको रकम निकासा गरेको पनि बताईएको छ ।

रौतहटमा १६ ओटा नगरपालिका र २ ओटा गाउँपालिका रहेको छ । कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेबाट लकडाउन भई विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई रकम निकासा गरेको पाइएको हो । विद्यालय बन्द भएका बेलाको पनि दिवा खाजाको रकम निकासा दिनेमा अधिकांश प्रदेश २ कै स्थानीय तहहरु छन् । प्रदेश २ का रौतहट जिल्लाको ४ ओटा पालिाकाले बिधालय सन्चलान नभएको समयको पनि दिवा खाजाको रकम निकालेको पाईएको छ ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाले ९७ लाख ,गरुडा नगरपालिकाले ७७ लाख निकालेको पाईएको छ । त्यसतै रौतहटको दुर्गा भगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार र यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार निकालेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

।महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ४१ वटा स्थानीय तहले रकम निकासा गरेको देखिएको छ । जसमा प्रदेश २ का मात्रै १० स्थानीय तह छन् । देशभरका २८ नगरपालिकाले २०७७ बैशाख, जेठ र असार महिनामा वास्तविकता यकिन नगरी दोस्रो र तेस्रो चौमासिकको पुरै दिवा खाजा १४ करोड २१ लाख ६८ हजार ५८२ रुपैयाँ विद्यालयहरुलाई निकासा गरेको देखिएको छ ।
त्यसैगरी देशभरका १३ वटा गाउँपालिकाले १६६ वटा विद्यालयहरूलाई २०७७ बैशाख, जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको ६ करोड ३ लाख ५६ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

दिवा खाजा रकम विद्यालयलाई निकासा दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था नभएको अवस्थामा पनि रौतहट स्थित परोहा नगरपालिकाले यस वर्ष अभिभावकलाई नगदै बुझाउने गरी दिवा खाजा वापत १ करोड १७ हजार निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले विद्यालय बन्द भएको अवस्थामा उक्त अवधिको खाजा रकम यकिन गरी असुल गर्नुपर्ने ठहर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here