रौतहटको बौद्धिमाई नगरपालिकामा जसपा नेपाल पार्टीका कार्यालय उदघाटन


असोज १५ गते
रौतहटको बौद्धिमाई नगरपालिकामा जनता समाजवादी पार्टी नेपालको पार्टी कार्यालयको उदघाटन समारोह सम्पन्न भएको छ।

नगरपालिका भित्रमा पार्टी कार्यालय नरहेको अवस्थामा शुक्रवार एक कार्यक्रम गरि बौद्धिमाई नगरपालिकाको वडा नम्बर ७ स्थित बंकूल बजारमा जनता समाजवादी पार्टी नेपालको पार्टी कार्यालयको उदघाटन प्रमुख अतिथि नगर प्रमुख राजीव रंजन यादवले रिबन काटी बिधिवत रूपमा उदघाटन गर्नु भएको छ ।

बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवको प्रमुख आतिथ्यतामा सम्पनन कार्यक्रम जनता समाजवादी पार्टी नेपाल बौद्धिमाई नगरपालिका नगर कमिटीले आयोजना गरेको थियो। सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख यादवले जसपा देशको वैकल्पिक पार्टीको रुपमा रहेको र यस पार्टीका नेता कार्यकर्ताहरुले कड़ा मिहिनेत गरि यस पार्टिलाई देशको मूल पार्टीको रुपमा स्थापित गर्न आफु लगायत जसपाका सम्पूर्ण पार्टी कार्यकर्ताहरुले नछोडने बताउनु भयो।

अर्को प्रसंगमा बोल्दै युवा मेयर यादवले यही असोज १५ गतेका दिन दलित आन्दोलनको नाम दिएका गरीब,असहाय,निमुखा तथा दलित जनताहरुलाई दलित आन्दोलनको नाममा सोझो जनतालाई मूर्ख बनाउने आफ्नो कुनै ठेगाना नै नभएको नेता कार्यकर्ताले गरेको दलित प्रतिको व्यवहारलाई घोर भर्त्सना गरेका छन। साथै आफु स्थापित हुन उनीहरुले गरीब,निमुखा तथा दलित समुदायका जनताहरुको मानसम्मान संग खेलवाड़ गरेको वहाले दाबी गर्नु भएको छ ।
सम्पन्न जसपाको पार्टी कार्यालय उदघाटन समारोहमा बौद्धिमाई नगरपालिका नगर उपप्रमुख प्रेमलता कुशवाहा, जसपा नगर कमिटिको अध्यक्ष तथा वडा नम्बर ६ पिपरिया परोहाका वडाअध्यक्ष हृदय नारायण राय यादव,वडा अध्यक्ष देव् नारायण जयसवाल लगायत नगर भरिका जसपाका नेता कार्यकर्ता तथा हजारौको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!