मेरै कार्यकालमा गौर राइस मिल जग्गा अधिग्रहण हुने तय: मुख्यमन्त्री यादव

अरविन्द कुमार यादव
गौर,१८ फाल्गुन ।रौतहटमा यातायात व्यवस्था सेवा कार्यालय गौरले सवारी अनुमतिपत्र सेवा विस्तार समारोह आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि मधेश सरकारका मुख्यमन्त्री माननीय सरोज कुमार यादवले भने सवारी लाईसेन्स पत्र एक दिनमै दिने प्रदेश सरकारको कटिबद्ध रहेको तर सवारी लाइसेन्स अनुमतिपत्र प्रीन्ट मसिनको अभाव कै कारण हप्ता दिनमा दिने व्यवस्थापन गरिएको उनले जानकारी दिएका हुन् ।
सवारी चालक अनुमतिपत्र नविकरण सिस्टम बटम थिची सेवा सुचारु गरि मुख्यमन्त्री यादवले उद्घाटन गरेका थिए।

मधेश प्रदेश सरकारसंग सवारी चालक अनुमतिपत्र प्रीन्ट मसिन व्यवस्थापन गरिने नीति लयाएर खरिद गरि आठ वटै जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय खोलिने मुख्यमन्त्री यादवले जानकारी दिएका छन् ।

सवारी चालक अनुमतिपत्र लिनमा व्यापक लुट मचाइएको बेचौलीयाहरुले अवस्था शृजना गरेकोले उपभोक्ताहरुलाई यस्तो प्रकृयागतबाट मुक्त गराइ सर्व सुलभ व्यवस्था मिलाई लाइसेन्स दिनुपर्ने मुख्यमन्त्री सरोजले निर्देशन दिए।

देशभरी नै सवारी अनुमतिपत्र लिन दिनमा बिचौलीयाहरु हावी रहेको भन्दै यातायात व्यवस्था सेवा कार्यालय गौरमा नहुन दिन र झंझटिलो ,खर्चिलो रहित सेवा सुचारुमा लाग्न कार्यालय प्रमुख अरविन्दर दासलाई निर्देशन समेत दिएका छन् ।
देश विश्वकै सुचीसम्पदामा रहेको हुदा कृषि क्षेत्रमा अभाव सिचाइकरणलाई व्यवस्थित गर्न मधेश प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको उनले जानकारी गराएका थिए।
मधेश प्रदेश भएर कयौं स साना नदी खोला झर्ना ताल तलैया पानीका मुहारहरुलाई कृषि प्रवर्द्धन तथा उत्थान गर्नका लागि सिचाइको माध्यमबाट उपयोग गरिने योजना रहेको उनले जिकिर गरेका हुन।

शिक्षा क्षेत्रलाई व्यवस्थापन तथा संचालन अधिकार पालिकालाई दिएकोले मधेश प्रदेश सरकारले आठ जिल्लामा एक दुई वटा प्रादेशिक विद्यालय खोलिने योजना अगाडी सार्ने उनको ठम्याइ रहेको बुझिएको हो।शिक्षण सेवामा टेवा पुराउने उदेश्यले खोलिने तर्क राखेका थिए।

प्रादेशिक अस्पताल गौरमा १ महिना भित्र आसियु सेवा सुचारु गराउने प्रतिबद्धता राखदै भने जनशक्तिलाई अझ प्रोत्साहित गर्न प्राश्रमिक सहित सम्मान गरिने मेरो योजना रहेको उनले बताए ।अस्पताल गौरमा आसियु सुचारु गराउन आवश्यक व्यवस्थापन गर्न गराउन मुख्य जिम्मा मेसु डाक्टर कृष्ण साहलाई दिएको उनले बताए ।
रौतहटको सदरमुकाम गौरको धरोहरको रुपमा रहेको गौर राइस मिल्स जग्गालाई अधिग्रहण गर्न तत्कालीन सभामुख रहेको बखत मैले १५ करोड रकम बिनियोजन गराएको थिए,कुनै कारण बस सो जग्गाको लागि बिनियोजन गरिएको रकम फिर्ता भएको थियो।मधेश प्रदेश सरकारको नेतृत्व मैले गरेको कार्यकाल भित्र गौर राइस मिल्स जग्गा अधिग्रहण गराउने प्रतिबद्धता गरे।

प्रादेशिक अस्पताल गौरको मुख्य द्वारमै जनता झुकाउने उदेश्यले खोलिएको गौर होस्पिटल प्राइभेट लिमिटेडलाई स्थानीयले छानवीन गरि कानुनी कार्यवाही गर्न माग गरेका प्रती गौर नगरपालिका मेयर शम्भु शाहलाई आवश्यक प्रक्रिया बढाउन निर्देशन मुख्यमन्त्री यादवले दिएका हुन् ।
सवारी चालक अनुमतिपत्र पत्र सेवा विस्तार समारोहका अध्यक्षता कार्यालय प्रमुख अरविन्दर दासले गरेका थिए भने नेपाली काङ्ग्रेस पार्टी मधेश प्रदेश संसदीय दलका नेता मा.कृष्णप्रसाद यादव ,मधेश सरकारका कृषि पूर्व राज्यमन्त्री योगेन्द्र यादव,गौर नगरपालिका मेयर शम्भु साह , पूर्व मेयर अजय कुमार गुप्ता लगायतका सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!