ब्यूटि पार्लरमा यौनधन्दा फस्टाउदै

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २०७९चैत२४ गते

रौतहट । रौतहट जिल्लाको गौरस्थित एक ब्यूटि पार्लरबाट यौनधन्दा चलाएको आरोपमा सँचालिकासहित महिला पुरुष समेत पक्राउ परेका छन् ।

गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई नियन्त्रणमा लिएको हो ।

गौर नगरपालिकाको कार्यालय भन्दा पूर्वउत्तर तर्फको गल्लिमा संचालित रहेका साहिवा ब्यूटी पार्लर तथा साहिवा कोल्ड स्टोर्समा यौन जन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको अनुरोधमा प्रहरीले शुक्रवार दिउसो उक्त व्यटिपार्लरमा छापा मारेर यौन धन्धामा संलग्न एक महिला र राजपुर नगरपालिका १ घर भएका एक पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

उक्त पार्लरको दुई वटा कोठामा रहेको बेडमा कण्डमहरु छयाप्छयाप्ती रहेका तथा त्यहाँ फेला परेको डसपिनमा प्रयोग गरिएका कण्डमहरु समेत बरामद भएका छन् ।

उक्त यौनजन्य गतिविधि गराउनमा संलग्न साहिवा ब्युटी पार्लरको संचालिका समेतलाई नियन्त्रणमा लिएर प्रहरी गएको घटनास्थलमा उपस्थित रहेका स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् ।

पक्राउ परेका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरेपछि विस्तृत जानकारी दिने बताइएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!