कायस्थ पत्रकार समाजको केन्द्रीय समिति गठन

आरके श्रीवास्तव,राैतहट,०८ गते मंसिर । 

देशभर कार्यरत कायस्थ जातिका पत्रकारहरुको प्रारम्भिक राष्ट्रिय सम्मेलनले आज कायस्थ पत्रकार समाज केन्द्रीय समितिको गठन गरेको छ । ११ सदस्यीय केन्द्रीय समितिको अध्यक्षमा प्रवीणकुमार चौधरी कायस्थ चुनिएका छन् । समाजको उपाध्यक्षमा रौतहटका जितेन्द्र श्रीवास्तव, महासचिवमा सर्लाहीकी शिल्पा कर्ण, सचिवमा पर्साका अशोक श्रीवास्तव र कोषाध्यक्षमा काठमाडौँकी सुस्मिता कर्ण चयन भएका छन् । 

समितिको केन्द्रीय सदस्यमा रौतहटकी सरिताकुमारी श्रीवास्तव, बाराका अनिल कर्ण, धनुषाका संतोषलाल कर्ण, सर्लाहीका संतोष कुमार र रौतहटका राजभूषण श्रीवास्तव चयन भएका छन् । 

कायस्थ/चित्रान्शहरूकाे सामूहिक हित एवम् आपसी सदभाव बढाउने उदेश्यले देशैभरिका कायस्थहरूकाे साझा मञ्चकाे रूपमा कायस्थ पत्रकार समाज निर्माण गरिएको हाे । जसमा कायस्थ पत्रकारहरू मात्र आबद्ध छन् ।  राष्ट्रिय सम्मेलनमा नै  कायस्थ पत्रकार समाजलाई पूर्णता दिएकाे छ ।

काठमाडौंकाे कार्निभल रेस्टुरेन्ट थापा गाउँ बिजुली बजारमा शनिबार भएको राष्ट्रिय सम्मेलनकाे अध्यक्षता पत्रकार धर्मेन्द्र कुमार कर्णले गर्नु भएको थियोे भने प्रमुख अतिथिकाे रूपमा डा.गाैरीशंकर लाल दास रहनु भएको थियो । कार्यक्रम सञ्चालन प्रवीणकुमार चौधरी कायस्थले गर्नु भएको थियोे ।

साे अवसरमा अखिल भारतीय कायस्थ महासभाका राष्ट्रिय अध्यक्ष डा.अनुप श्रीवास्तव,अखिल भारतीय कायस्थ महासभा मिसन २ के का चित्रांश अन्तर्राष्ट्रिय संयाेजक अनिल कर्ण कायस्थ,नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष राजेश कर्ण,मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिल कुमार कर्ण लगायत देश विदेशका आउनु भएका कायस्थ समुदायका सयौंको संख्यामा मानिसहरूकाे सहभागिता रहेको थियोे । 

सम्मेलनमा बाट समाजकाे अवधारणा पत्र समेत पारित गरिएको नव निर्वाचित अध्यक्ष कायस्थले जानकारी गराउनु भएको हाे । साथै बिधान समिति समेत गठन गरिएको उनले जानकारी गराउनु भएको हाे । 

सम्मेलनमा वर्षाैदेखि पत्रकारिता गरिरहनु भएका पत्रकारहरू अनिल कुमार कर्ण,जितेन्द्र लाल श्रीवास्तव लगायतका पत्रकारहरू लाई पनि सम्मान गरिएको थियोे । साथै प्रमुख अतिथि डा.गाैरीशंकर लाल दासलाई पनि सम्मान गरिएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!