आम जनता पार्टीका अध्यक्ष प्रभु साहद्वारा माैलापुर वितरण केन्द्रकाे अनुगमन

राैतहट,१४ गते मंसिर ।

आम जनता पार्टीका अध्यक्ष एवम् राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले नेपाल विधुत प्राधिकरण माैलापुर वितरण केन्द्रमा अनुगमन-निरीक्षण गर्नु भएको छ ।

बिधुत प्रसारण भरपर्दों एवं नियमित गराउन आज मौलापुर सब-स्टेशनको अनुगमन-निरीक्षण तथा वितरण केन्द्रमा भेटघाट गरेकाे सांसद साहले बताउनु भएको हाे ।

अनुगमनकाे क्रममा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह तथा अन्य कर्मचारी पनि सहभागी रहेका थिए ।

मौलापुर वितरण केन्द्रबाट हुने सेवा प्रवाह र आगामी दिनहरुमा सेवा प्रवाह लाई अझ बढी प्रभावकारी बनाउनेबारे छलफल तथा कार्यालयको अवलोकन भएको माैलापुर वितरण केन्द्रका प्रमुख ई.दिनेश यादवले जानकारी गराउनु भएको हाे । यसरी सेवा प्रवाहबारे समसामयिक छलफल गर्नुभएकोमा वहाँले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!