रौतहट जिल्लाका कटहरियामा ३७ औँ विश्व एड्स दिवस मनाइयो 

कटहरिया,१६ गते मंसिर । 

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा ३७ औँ विश्व एड्स दिवस मनाइएको छ । एक कार्यक्रमका बिच आज साे दिवस मनाइएको हाे । बिश्वमा एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७ औँ विश्व एड्स दिवस मनाइएको हाे । 

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख आतिथ्यतामा साे कार्यक्रम गरिएको हाे । जसमा महिला स्वास्थ्य संवमसेवीकाहरु लगायतका स्वास्थ्यकर्मीहरूकाे सहभागीता रहेको थियो ।कटहरिया नगरपालिकाको सभाहलमा जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाईएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जयसवालले एचआइभी सङ्क्रमण बाट सबैलाई सल्लाह सुझाव दिनु भएको थियो । 

साे कार्यक्रममा नगरपालिकाका योजना प्रमुख रामनरेश राय यादव,स्वास्थ्य संयोजन दिनेश यादव , शिक्षा शखा प्रमुख अनिल कुमार निधी,स्वास्थ्य चौकी कटहरियाका प्रमुख, छात्रछात्रा स्वास्थ्यकर्मिहरुको समेत उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!