पञ्चवार्षिय गढीमाई मेलाका अवसरमा मंसिर २३ प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

रौतहट,१८ मंसिर

बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिय गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले गढ़ीमाईप्रति लाखौं श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी दिए ।

प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउनेगरी बिदा दिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!