रौतहटमा कीर्ते हस्ताक्षर गरि२९ लाखअपचलन गरेकोआरोपमा प्रधानाध्यापक पक्राउ

चन्द्रपुर,१८ मंसिर

रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपैडास्थित आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक किशोरी चौधरी पक्राउ परेका छ्न । कीर्ते हस्ताक्षर गरी विद्यालयको बैंक खातामा रोक्का रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोपमा हिजो साँझ पक्राउ गरि आज म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका चौधरीविरुद्ध लिखतसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहटका डीएसपी दीपककुमार रायले बताए ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को विशेष अनुदानबाट ४ कोठे भवन निर्माणका लागि ४७ लाख ७५ हजार ५१२ रुपैयाँ निकास भएको थियो । सो भवन निर्माणको ठेक्का सकार ब्रह्म बाबा कन्ट्रक्सनले पाएको थियो ।

काम पुर्ण रुपमा सम्पन्न भएपछि नियमानुसार रकम भुक्तानी पाउने गरी रोक्का गरिएकोमा प्राविधिक जाँच तथा पहिलो रनिङ बिल भरपाइको आधारमा नगरपालिकाको पत्रद्वारा २० लाख १० हजार ५२९ रुपैयाँ ब्रह्म बाबाले पाउने गरी रकम फुकुवा गरिएको थियो ।

उक्त रकम निकालेपछि प्रधानाध्यापक चौधरीले नगरपालिकाको पत्रहरूमा कीर्ते हस्ताक्षर गरी बाँकी रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन् । पालिकाका अन्य कर्मचारी समेतको संलग्नताका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोत :6सिधाकुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!