देवाही गोनाही नगरपालिका,५ पिप्रामा गुणस्तरहिन सडक ढलानमा पिपिसी सिमेन्ट प्रयोग स्थानियहरुद्वारा विरोध

सागर संगम ठाकुर ।

रौतहट, मंसिर २० गते

रौतहटको देवाही गोनाहीको पिप्रामा गुणस्तरहिन सडक ढलानमा पिपिसी सिमेन्टको प्रयोग भइरहेकोले स्थानियहरुद्वारा विरोध गरिएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिप्रामा हुदै गरेको ढलानमा पिपिसी सिमेन्टको प्रयोग भएपछि स्थानियहरुले बिरोध गरेका छन ।

संघिय सरकारको कुल ८० लाखको लागतमा निर्माण हुदै गरेको सडकमा ओपिसीको सट्टा पिपिसी सिमेन्ट प्रयोग गरेर ढलान गर्न थालेपछि स्थानियहरुले सो कार्यको बिरोध गरेका छन ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहको निर्देशनमा कामदारहरुले सडक ढलानमा पिपिसी सिमेन्ट प्रयोग गरि रहेको स्थानिय नेपाली कांग्रेसका नेता भोला राय यादवले बताएका छन ।

सडक ढलानमा कमसल समाग्री प्रयोग गरिरहदा स्थानियहरुले बिरोध गर्दा पनि मेयर साहले काम नरोकिएको यादवले भने ।
बिकास निर्माणको कार्य भौतीक संरचना वा सडक ढलान जस्ता सरकारी स्तरको जुनसुकै कार्यमा आयोजनाको नामले कुल लागत र सम्पन्न मिति सहित होडिङ्ग बोड राख्नुपर्ने सरकारी नियम भएपनि मेयर साहले सत्ता र पावरको बलमा नियम मिचेर सडक ढलान कार्य गराई राखेको नेता यादवको भनाई रहेको छ ।

यसै बिषयलाई लियर नेता यादवले पालिकाका प्रमुख प्रशासकिय अधिकृत संन्देश यादवलाई जानकारी गराए पनि वहाँले काम नरोकिएको आरोप लगाउनु भयो ।सरकारी निकायबाट हुने कार्यमा इस्टीमेट बोड राख्नु पर्ने नियम रहेकाले यसमा संम्बन्धी निकायले नै ध्यान दिनुपर्ने हाकिम यादवले भने ।
..
त्यस्तै सोही ढलानको लागि जयनगरमा रहेको हाडवेयर पसलबाट लोड गरिएको पिपिसी सिमेन्ट स्थानियले देखेर विरोध गर्दा सो सिमेन्ट गोदाममै थनकाइएको कुरा पनि बाहिरिएको छ ।

पिपिसी सिमेन्टको प्रयोगबाट हुने ढलान कमसल भएपछि सरकारको लगानी बालुवामा पानी खन्याएको सरह हुने भन्दै त्यसलाई रोक्न स्थानियहरुले प्रयास गरेपनि मेयर साहले बल जबरजस्ती गरी ढलान कार्य गराई रहेको स्थानियहरुको भनाई रहेको छ ।

साथै सडकको बिचमा बिजुलीको पोल, ट्रांसफार्मर पर्दा पनि त्यसलाई नसारेर बीच बाटोमै पोल राखेर सड़क ढलान कार्य अगाडी बढाएको हुदा सर्वसाधारणहरुलाई आवत जावत गर्न असहज हुने हुदा सम्बंधित निकायले यसमा बिशेष पहल गर्नुपर्ने रहेको स्थानियहरुले जनगुनासो गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!