रौतहटमा माछा मार्न गएका दुई बालबालिका खाल्डोमा डुबेर मृत्यु

रौतहट मंसिर,२४ गते

रौतहटको देवाही गोनाही नपा -२ को बाधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मिनिया करुनिया टोलमा लाल बकैया नदिले बाढीको समयमा बाध भत्काएर बनाएको खोलसीमा डुबेर एकै साथ दुई जना नाबालकको मृत्यु भएको छ ।

मृत्यु हुने दुबै नाबालक बौधिमाई नगरपालिका वडा नम्बर ५ कोपवा टोल बस्ने शेख मनाउलका करिब ३ वर्षीय एक छोरा र ६ वर्षीय अर्को छोरी सवाना खातुन रहेको बुझिएको छ ।

देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मिनिया करुनिया टोल मामा घर गएको बेला लाल बकैया नदिको बाढ़ीले भत्काएको बाँधको खोल्सीमा आइतबार साँझ करिब ६ बजेको समयमा माछा मार्न गएको क्रममा उनीहरुको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

करिब पन्ध्र दिन पहिला देवाही गोनाही नपा – २ लक्ष्मीनिया करुनिया मामाघर उनीहरु घुमन आएको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!