इशनाथ नगरपालिका पुर्व नगर प्रमुख मेहताद्वारा बुझाए प्रमुख जिल्लाअधिकारीलाई ज्ञापनपत्र

रौतहट, २ पुस

नेपाल भारतको सीमावर्ती क्षेत्रमा बासिन्दाहरु चार पाङ्गे सवारी साधन लिएर सहज रुपमा नेपाल भारत तर्फ आवत जावत गर्न भन्दै इशनाथ नगरपालिका पुर्व नगर प्रमुख सन्तोष कुमार मेहताले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपालभारतबीचको बेटी-रोटीको सम्बन्ध अहिलेको सरकारको नीतिका कारण थप दुरीमा धकेलिएको महसुस गर्न सकिन्छ। केही समयदेखि यी नाकामा चारपाङ्ग्रे सवारी ठप्प हुँदा जनतामा निराशा फैलिनु स्वाभाविक छ। यो समस्याको दीर्घकालीन समाधानका लागि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सँग छलफलमा हुदा तर, उहाँको उत्तर थियो कि यो निर्णय माथिल्लो सरकारबाट भएको हो।

आज जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा उपस्थित भई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन ।
प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा इशनाथ नगरपालिका तीन प्रमुख नाका बनजरहा,औरैया, मनमोहनगेट लतमरी,नाका, जहाँ शताब्दीयौँदेखि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी आवतजावत हुँदै आएको छ, अहिले बन्द रहेको तथ्य सबैलाई अवगत छ।

नजिक रहेका नेपाल भारत सीमाबाट चार पाङ्गे सवारी साधन विगतमा आवत जावत हुने गरेको भएपनि पछिल्लो केही समय देखि उक्त सीमाहरुबाट चार पाङ्गे सवारी साधन आवत जावत गर्न बन्द भएपछि दुबै देशका नागरिक बीचको पारिवारिक सम्बन्ध प्रभावित भएको प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराऐको छ।

नेपाल भारतको खुला सिमाना भएकोमा दुबै देशका जनताहरु बीच पारिवारिक सम्बन्ध, आपसी भाइचारा, सदभाव कायम रहोस र दुबै देशका नागरिक बीचको रोटीबेटीको सम्बन्ध माथि कुनै खलल नपुगोस भन्दै प्रजिअको ध्यान जान जरुरी रहेको भनेर ज्ञापन पत्र बुझाइएको पुर्व नगरप्रमुख सन्तोष कुमार मेहताले बताएका छन।

सदियौं देखि रहिआएको दुबै देश बीच बेटीरोटीको सम्बन्ध प्रभावित बनाउने कार्यलाई निरुत्साहित गरी कडाईका साथ चेकजाँच गरेर मात्रै आवत जावत गर्न दिन हुनुका साथै सो क्षेत्रमा खडा गरिएका बाधा व्यवधानलाई समाप्त पारेर नागरिकको प्रशासन प्रतिको विश्वास कायम गराउन जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकाय संग समन्वय तथा समाधानको लागि नै आजको ज्ञापन पत्र बुझाएको पुर्व नगरप्रमुख सन्तोष कुमार मेहताले बताएका छन ।

नाकाहरू सुचारु नहुँदा समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ। विशेषगरी बन्जरहा, औरैया, लतमरी, नाका पहिलेझैँ सुचारु हुनुपर्छ भन्ने मेरो प्रमुख माग हो। साथै, यी नाकाहरूमा साना भन्सार (छोटी भन्सार) सुचारु गराउन पनि म निरन्तर लागिपरेको छु मेहताले बताएका छन।यस विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमावर्ती नागरिकको स्थानीय समस्या भएपनि कानुनी रुपमा समाधान हुने भएको हुँदा गृह मन्त्रालयमा समस्यालाई अवगत गराइएको त्यहाँबाट नै समाधानको प्रयास हुने उनले स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!