चन्द्रनिगाहपुरमा प्रहरीले एक मोटरसाइकल सहित चोर पक्राउ

रौतहट,९ पुस

रौतहटको चन्द्रनिगाहपुरमा प्रहरीले एक मोटरसाइकलसहित चोर पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० का बर्ष १९ का आयुष चौधरीलाई मोटसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता डिएसपि दीपक कुमार रायले जानकारी दिनु भयो ।

चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ सिन्धुरेघारीका रामकाजी गुरुङको राती आफ्नै घरको आगनमा पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो ।

पिडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएपछि सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले खोज तलास गर्ने क्रममा गत पुस ५ गते चन्द्रपुर नगरपालिकाको वडा नम्बर १० स्थित छट्टु चौधरीको बासघारीभित्र झाडीमा लुकाईछिपाई राखेको अबस्थामा मोटरसाइकल बरामत गरेको डिएसपी राजकुमार रायले बताउनु भएको छ ।

सो मोटरसाईकल संगै आरोपी आयुष चौधरीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले मोटरसाईकल चोरीको घटना र लागुऔषध कारोवार नियन्त्रणमा तिब्रता दिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!