समाजवादी महिला संघ नेपाल जिल्ला कमिटी अध्यक्षमा शोभा देवी चयन

रौतहट, ९ पुस

रौतहट :जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल जिल्ला कमिटी रौतहटको अध्यक्षमा शोभा देवी चयन भएकी छिन्।सदरमुकाम गौर स्थित हालै सम्पन्न पुनर्गठन कार्यक्रम तथा कमिटीको जिल्ला भेलाले शोभा देवि साहको अध्यक्षतामा २३सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवगठित कमिटीको अध्यक्षमा शोभा देवि साह , उपाध्यक्ष अम्ब्या खातुन , कलपन लामा ,अन्जु यादव सचिव उर्मिला साह सहसचिव र मोमताज बेगम कोषाअध्यक्षमा चयन भएकी छिन्।

त्यस्तै सदस्यहरुमा मन्जु देवि राउत , सुनिता देवि , लालमुनु राउत , पुजा चौधरी , कल्पना चौधरी लगायत रहेको जसपा नेपालका रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताएका छन्।

जसपा केन्द्रिय कार्यकारिणी सदस्य गोबिन्द चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व प्रदेश सांसद रामकिशोर प्रसाद यादव लगायतका सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!