सरकारको मनोमानी कर प्रणालीले मुलुकको उद्योग,व्यापार ध्वस्त हुँदैछ:प्रभु साह

पुस,९गते

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उद्योग, व्यापार ध्वस्त हुदै गइरहेको टिप्पणी गरेका छन् । तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उधोगी, व्यापारी, सर्वसाधारण लगायत समस्यामा पर्दै गइरहेको उनले बताए ।

काठमाडौंको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूसँगको भेटमा अध्यक्ष साहले यस्तो बताएका हुन् । मनोमानी करको विरुद्धमा संघर्षको विकल्प नभएको उनले बताए ।

‘सरकार अहिले विदेशीसँग ऋण लिएर त्यसमा लुट्ने काम गरिरहेको छ’, उनी थप्छन्, ‘नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर पनि लगाएको छ ।’
हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!