रौतहट, १५ पुस
रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आईतवार मध्यराति भिषण आगलागि भएर लाखौं मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएका छन् ।
राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेका हुन् ।
आगलागि भएको खवर पाउना साथ स्थानीय बासिन्दाहरु, प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिएको प्रारम्भीक जानकारी प्राप्त भएका छन् ।
आगलागिबाट जनधनको के कति क्षति भएको छ सोको विवरण अहिले प्राप्त भएको छ्रैनन् । यसवारे विस्तृत जानकारी पछि गराउने छौं । तर घटनाको प्रकृति हेर्दा लाखौं मूल्य बराबरको सम्पत्ती नलेर नष्ट भएको बुझिएका छन् ।