पत्रकार श्रेष्ठलाई फोन मार्फत धम्की दिने कलवार प्रहरीको नियन्त्रणमा

सागर संगम ठाकुर रौतहट पौष २६ गते

रौतहटमा फोन मार्फत पत्रकारलाई गालीगलौज गरी कुटपिट गर्ने धम्की दिने एक जना ब्यक्तीलाई रौतहट प्रहरीले पक्राउ गरेका छन ।
पक्राउ पर्नेमा जिल्लाको कटहरिया नगरपालिका वडा नंं.५ कटहरियाका स्थानिय रामचन्द्र साह कलवार रहेको प्रहरीले जनाएको छ ।

रेडियोमा समाचार प्रशारण गराएको विषयलाई लिएर साहले नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितीका सदस्य तथा कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठलाई फोन मार्फत अपशब्द प्रयोग गरेर ठिक पारिदिने धम्की दिएका कारण पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।विभिन्न गैरकानुनी कार्य गर्दै आएका कटहरिया नगरपालिकाको वडा नं.५ निवासी एवं जहरीमाई कृषि सहकारी संस्थाका संचालक रामचन्द्र साहले कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक श्रेष्ठलाई फोन गरेर ठिक पारिदिने दिएको धम्की अहिलेपनि समाजिक संजालमा भाईरहल नै रहेको छ ।

मिटरब्याजी साहँु समेत रहेका साह विगतका दिनमा मिटरब्याजी सम्बन्धी उजुरी परेपछि एफएमका निर्देशक श्रेष्ठ पीडितको पक्षमा उभिएपछि सोही समय देखि मौकाको पर्खाईमा रहेका साह समाचारको बिषय बनाई फोन मार्फत धम्की दिएको पत्रकार श्रेष्ठले भने ।

तिन तिनवटा सहकारीका संचालक रहेका साहले अनुदानमा आएका रासायनिक मल लक्ष्ति वर्गलाई नदिई बढि रकम लिएर कालोबजारी गर्दै आएको भन्दै पटक पटक बिभिन्न मिडियामा समाचार आएपछि रौतहटको कटहरिया बजारमा संचालन रहेको कटहरिया म्युजिकल एफएमले समाचार बजाए पछि उक्त धम्की आएको श्रेष्ठले बताउनु भयो ।

फोनबाट साहले गाली, अपशब्द प्रयोग गर्दै चाँडै ठिक पारिदिन्छु जस्ता धम्की दिएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाको सदस्य एवं नेपाली काँगे्रस मधेश प्रदेशको प्रचार प्रसार विभागका सदस्य समेत रहेका श्रेष्ठले उक्त अडियो सार्वजनिक गरेर धम्की दिने साहलाई तुरुन्त पक्राउ गरी कार्यवाही गर्न स्थानीय प्रहरी प्रशासन संग जोडेदार माग गरेका थिए ।

अडियो संवादमा साहले भनेपछि पत्रकार श्रेष्ठले समाचार राख्दिन भन्दा पनि ठिक पारिदिने भनेपछि पत्रकार श्रेष्ठ त्रसित बनेका थिए ।
मिटरब्याजी समेतम रहेका संचालक साहले पत्रकार श्रेष्ठलाई धम्की दिएपछि नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै व्यवसायी रामचन्द्र साहलाई अविलम्ब नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही अघि बढाउन माग गर्नु भएको थियो ।

समाचारको बिषयमा चित नबुझदा कानुनी बाटो हुदाहुदैं पनि धम्की दिने कार्य अपराध हो भन्दै कानुनको दायरामा लयार कार्यवाही गरी समस्याको समाधान गर्नु पर्ने महासंघले माग गरेका थिए ।
पक्राउ परेका व्यवसायी रामचन्द्र साह अहिले इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिनु भयो ।

पक्राउ परेका साहलाई छुटाउन बिभिन्न राजिनितीक दलका नेताहरुले दौडधुप शुरु गरेको र प्रयास प्रहरी प्रशासनलाई दवाब बनाई रहेको कुरापनि बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!