चिनियाँ नागरिकको अपहरण गर्ने चार भारतीय पक्राउ

२०८१ माघ २ गते

काठमाडौं । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई राति नै काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत छन् ।

उनका अनुसार, उद्धार गरिएका चिनियाँ नागरिकलाई भने जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइसकिएको छ । ‘उद्धार गरिएका व्यक्तिको हकमा जिल्ला प्रहरी परिसरबाट थप सोधपुछ हुन्छ, पक्राउ परेकाहरुको सन्दर्भमा प्रारम्भिक जाँच र डकुमेन्टसन गरेर बुझाउँछौं।

मंगलबार ठमेलबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरिएको भन्दै खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । हराएको भनेको स्थानको सीसी टीभी हेर्दा भारतीय नागरिकहरुले उनलाई गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि नाकाहरुमा जाँच थालिएको थियो ।

‘इण्डियन नम्बर प्लेटकै गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि जानसक्ने सम्भावित स्थानहरुमा चेक पोइन्ट राखेका थियौं’, भट्टराई भन्छन्, ‘त्यसक्रममा भिमफेदीमा शंकास्पद गाडीलाई नियन्त्रणमा लिएका थियौं ।’

यद्यपि, प्रहरीको चेकपोइन्ट देखेपछि केही भारतीय र चिनियाँ नागरिक भागेका थिए । पछि भारतीय नागरिकहरु भिमफेदीबाटै पक्राउ परे भने चिनियाँ नागरिकलाई प्रहरीले फर्पिङमा फेला पारेको थियो ।प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

‘उनीहरुले कुनै ठगीको प्रकरणमा जोडिएको जस्तो देखिन्छ, चिनियाँ नागरिकले दिने भने अनुसारको रकम नदिएपछि भारतीय नागरिकहरु काठमाडौंमा आएर अपहरण गरेको भेटिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने,‘ठगीको सन्दर्भमा यो नेपालसँग जोडिएको विषय जस्तो देखिँदैन, त्योबारेमा बेग्लै रुपमा जाँच गर्नुपर्ने देखिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!