रौतहटको इशनाथ नगरपालिका राष्ट्रिय वाणिज्य बैंक गौर शाखामा रहेका,२१ वटा बैंक खाता रोक्का

माघ,४ गते

रौतहट । रौतहट जिल्ला अदालतले इशनाथ नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक गौर शाखामा रहेका २१ वटा खातालाई रोक्का गरेको छ। पटकपटक अदालतको फैसला कार्यान्वयन नगरेपछि वादी पक्षद्वारा दिइएका निवेदनका आधारमा अदालतले आज (माघ ४ गते) खाताहरू रोक्का गर्न आदेश दिएको हो।

अदालतको आदेश रौतहट जिल्ला अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीको हस्ताक्षरयुक्त पत्रमार्फत राष्ट्रिय वाणिज्य बैंक, गौर शाखालाई खाता रोक्का राख्न निर्देशन दिइएको छ। यो आदेश सहायक कर्मचारी उमेशप्रसाद यादव र इशनाथ नगरपालिकाको कार्यालय औरैयाबीचको विवादमा जारी भएको हो। उमेशप्रसाद यादवले २०७० देखि २०७३ सालसम्मको बाँकी तलव र संचयकोष रकम गरी कूल १२ लाख ७२ हजार ७५० रुपैयाँ भुक्तानी माग गर्दै पुनरावेदन अदालत हेटौंडामा मुद्दा दायर गरेका थिए।

अदालतको अवहेलना मुद्दा पुनरावेदन अदालतको फैसला कार्यान्वयन गर्न नगरपालिकाले अवज्ञा गरेपछि वादी पक्षले उच्च अदालत वीरगंज र सर्वोच्च अदालतसम्म पुगेर न्याय माग गरेका थिए। सर्वोच्च अदालतले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुख मनोज ठाकुरलाई जनही २५-२५ रुपैयाँ जरिवाना गर्दै तत्काल तलव भुक्तानी गर्न आदेश दिएको थियो।

बाँकी रकम तिर्न नगरपालिकाको ढिलाइउमेशप्रसाद यादवका बुवा गौरीशंकर प्रसाद यादवका अनुसार, २०७० सालदेखि २०७३ सालसम्मको तलव, दशैं भत्ता, पोशाक भत्ता लगायतका रकम नगरपालिकाले भुक्तानी नगरेपछि पीडित पक्षले अदालतको आदेश अनुरूप कदम चाल्नुपरेको हो। रौतहट जिल्ला अदालतको हालको निर्णयपछि उनीहरूलाई न्याय पाइने आशा पलाएको छ।

खाता रोक्का निर्देशनको प्रभाव राष्ट्रिय वाणिज्य बैंक गौर शाखामा रोक्का गरिएका २१ खाताको विवरणमा खाता नम्बर १२१०१००३०१०१०००६ देखि १२१०१००३०७०२०००६ सम्मका सबै खाताहरू समावेश छन्। इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तालाई प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

यो घटनाले स्थानीय तहमा हुने वित्तीय प्रबंधनमा देखिएको असक्षमता र अदालतको आदेशको पालना गर्नमा रहेको ढिलासुस्ती उजागर गरेको छ। अदालतको पछिल्लो आदेशले अब पीडित कर्मचारीले आफ्नो बक्यौता रकम पाउने सम्भावना बढेको छ।स्रोत :यात्राडेली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!