रौतहट,९ माघ
रौतहटबाट नक्कली पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मोतिहारी ग्राम पञ्चायत खरोही-४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेका छन् ।
कलामले नक्कली पेस्तोल देखाउँदै रौतहटको इशनाथ नगरपालिका-४ मठियास्थित सिमावर्ती क्षेत्रमा हिँड्डुल गर्ने व्यक्तिहरूसँग पैसा असुल्ने गरेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।