राष्ट्रिय दलित पत्रकार संघ राैतहटका अध्यक्ष पासवानमाथि झुठा मुद्दाबारे प्रहरी प्रमुख घिमिरेलाई दलित अभियन्ताहरूले गराए ध्यानाकर्षण

आरके श्रीवास्तव,राैतहट,१८ गते माघ २०८१ ।

राष्ट्रिय दलित पत्रकार संघ राैतहटका अध्यक्ष एवम् वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान निर्माणी माथि चलाइएको झुठा मुद्दा बारेमा जिल्लाभरीका दलित अभियन्ताहरूले आज राैतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेलाई ध्यानाकर्षण गराएका छन् ।

गत २०८१ मंसिर १९ गते वृन्दावन नगरपालिकाकाे बहुअरी गाउँमा एउटा पोखरीको विवाद लिएर पासवानमाथि ईलाका प्रहरी कार्यालय गरूडाले कुटपिट अंगभंगको मुद्दा चलाएकाे बुझिएको छ । मुद्दा गर्ने पक्षले एउटा भिडियोमा मेराे हात आफै भाँचिएको भन्ने स्विकार गरेका छन् ।

साेही भिडियोलाई लिएर एसपि घिमिरेलाई उनीहरूले देखाएका थिए । र मुद्दा खारेजीकाे माग पनि गरेका थिए । जवाफमा एसपि घिमिरेले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएकाे र यसबारे छिट्टै अनुसंधान गरेर जानकारी गराउने प्रतिबद्धता जनाएका छन् । तत्काल धरपक्ड नर्गन पनि निर्देशन दिने बताएका छन् ।

स्मरणीयहाेस् गतवर्ष छठ पर्वकाे बेला पासवानमाथि तल्लो जातकाे मान्छे भएर पण्डालमा किन प्रवेश गरेकाे भन्दै गाली,बेईज्जती कुटपिट गरेकाे घटना घटेको थियोे । जाहेरवाला व्यक्तीहरू माथी नै अध्यक्ष पासवानले जातीय भेदभावको मुदा दर्ता गराई अहिले एक वर्ष देखी निरन्तर रूपले सो मुदा लड्दै आइरहेका छन् ।

साेही रिसिबिलाई लिएर उनलाई याे झुठा मुद्दामा फसाइएकाे भन्दै मुद्दा खारिज हुनुपर्ने माग गरिएका छ ।

एसपि घिमिरेसँगकाे भेट पश्चात् गाैर स्थित ब्यारेक फिल्डमा जिल्लाकाे दलित अगुवा,बुद्धिजीवी,अभियन्ता,सञ्चारकर्मी एवम् विभिन्न संगठनका प्रतिनिधिहरूकाे संयुक्त बैठक बसेकाे थियो । बैठकमा राैतहट प्रहरी प्रमुख सँग छलफल गर्न,ध्यानाकर्षण पत्र बुझाउने,२१ मार्चमा छुवाछूत दिवस मनाउने लगायतकाे विषयमा छलफल गरिएको थियाे ।

बैठकमा दलित अभियन्ताहरू धर्मेन्द्र पासवान,मुटुक पासवान,रामविनय पासवान,पुनित राम,साेनेलाल राम,उदयनारायण राम,रामविश्वास पासवान लगायत जिल्लाभरीका दलित अभियन्ताहरूकाे उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!