दलित अधिकारकर्मीद्वारा गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंको माइतीघरमा प्रदर्शन

काठमाडौं ।जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारर्कीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्।

अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् ।

सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका सत्येन्द्रलाई प्रहरीले मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । विवाह दर्ता गरिसकेपछि पनि उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । अन्तरजातीय विवाह छुटाउनकै लागि यसरी प्रहरीले दमन गर्दै आएको पीडितले बताएका छन् । गृहमन्त्रीकै निर्देशनमा यसरी अन्तरजातीय विवाह गर्ने किशोर–किशोरीलाई पटक–पटक पक्राउ गरिएको उजुरीका आधारमा राष्ट्रिय मानव अधिकार आयोगले समेत छानबिन गरिरहेको छ ।

गृहमन्त्री रमेश लेखकले भने सो घटनाको विषयमा आफूलाई सामान्य जानकारीसमेत नभएको दाबी गरेका छन्। उता प्रहरी प्रधान कार्यालयले पनि बुधबार प्रेस विज्ञप्ति जारी गरी बालविवाहको मुद्दा दर्ता भएको आधारमा रामलाई पक्राउ गरिएको र जातीय विभेदको मुद्दामा कारबाहीका लागि कटिबद्ध रहेको प्रस्टीकरण दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!