राजेश निर्माणी/चैत/०४ गते
रौतहट : वृन्दावन नगरपालिका वडा नम्बर ८ मा ओभरलोड पानी ट्यांकी निमर्माण कार्यको क्रममा सोमबार दोस्रो चरणको फाउन्डेसन ढलान कार्य सम्पन्न भएको छ।
४ करोड ७८ लाख ७७७ रुपैयाँको लागतमा निर्माण हुन लागेको सो पानी ट्यांकीले वृन्दावन नगर पालिकाका वडा नम्बर ८ र ९ मा शुद्ध खानेपानीको अभावलाई पुर्ती गर्ने अपेक्षा गरिएको छ। उक्त पानि ट्यांकीबाट वडा नम्बर ८ र ९ का सबै नागरिकलाई स्वच्छ पानीको अभावमा बिरामी हुन न दिने उलेश्यले स्वच्छ ५ लाख लिटर क्षमता भएको ओभरलोड पानी ट्यांकी निमर्माण भइरहेको छ।
ओभरलोड पानी ट्यांकीको फाउन्डेसन ढलानको क्रममा वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी,प्रमुख प्रसाशकिय अधिकृत खिम बहादुर भुजेल,वडा नम्बर ८ का अध्यक्ष रविन्द्र प्रसाद साह,कार्यपालिका सदस्य राजेश पासवान निर्माणी,नगरपालिकाका ईन्जिनियर निरज झा,खानेपानीका ईन्जिनियर निराजन साहसमेतले अनुगमन गर्दैआफ्नो रोहवरमा ढलानकार्य गराउदै,बाँकि कार्य पनि गुणस्तरियताका साथ गर्न निर्देशन दिएका छन्।
स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा मिडियाका पत्रकारहरूको उल्लेखनीय सहभागितामा आज यी महत्वपूर्ण कार्य सम्पन्न भए पश्चात् वृन्दावन नगर पालिकाको समग्र विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।