रौतहट प्रहरीले लागूऔषध गाँजा र हतियार सहित मङ्गलवार एक जनालाई पक्राउ

चैत,२६गते

रौतहट । रौतहट प्रहरीले लागूऔषध गाँजा र हतियार सहित मङ्गलवार एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताको कमान्डमा खटिएको टोलीले ईशनाथ नगरपालिका – १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट गौर नगरपालिका – ४ निवासी २१ वर्षीय सावन गिरीलाई लागूऔषध र हतियार सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले गिरीको साथबाट १ क्विन्टल ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताले जानकारी दिए ।

पक्राउ परेको गिरीलाई जिल्ला अदालत रौतहटमा प्रेस गरी लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेले बताए ।प्रहरीका अनुसार गिरीको साथमा रहेको अन्य ६/७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!