मधेस प्रदेश बाट आएको योजना अर्थमन्त्रीद्वारा रोक्यो मेयर प्रत्याशी यादवको आरोप !

वैशाख,१० गते ।

रौतहट ।मधेस प्रदेशको फतुवाबिजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियामा दुईक्षीय विवादका कारण प्रदेश सरकारबाट आएको योजना फ्रिज हुने अवस्थामा पुगेको छ।

मधेस प्रदेश सरकारबाट फतुवा बिजयपुर नगरपालिका-५” सन्तपुरमा कृष्ण मन्दिर निर्माणका लागि पर्यटन मन्त्रालय बाट विनियोजित २५ लाख रुपैयाँको बजेट फ्रिज हुने अवस्थामा पुगेको आम जनता पार्टीका स्थायी कमिटी सदस्य तथा फतुवा बिजयपुर नगरपालिकाका मेयर प्रत्यासी युवा नेता बिजय यादव निर्विजले बताएका छन ।

मेयर प्रत्यासी यादवले आफ्नो गाउँमै कृष्ण मन्दिर निर्माणको लागि आफुले ल्याएको याेजनामा अर्थमन्त्री यादवले आफ्नो नजिकैको मान्छेलाई समितिमा राख्न दवाव बढाउदै वडा अध्यक्षलाई याेजनाकाे सिफारिस नगर्न निर्देशन दिएपछि प्रदेश सरकारबाट आएको पैसा फ्रिज हुने अवस्थामा पुगेको उनले भने । मन्दिरको विषयलाई लिएर अहिले गाउँमा सुनिल यादव र वडाध्यक्ष सेख एजाजकाे कडा बिराेध भईरहेकाे छ ।

बिकाश निर्माणको कार्यमा वडा अध्यक्ष एजाज र अर्थमन्त्री यादव बाधक भएपछि स्थानियहरुले दुवै जनाकाे खुलेर नै बिराेध गरिरहेका छन । तिनै जना बिचको आराेप–प्रत्यारोपले स्थानीय समुदायमा निराशा र आक्रोश बढनुकाे साथै झडप हुने अवस्था सिर्जना भएको छ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहकाे स्वकीय सचिव समेत रहेका यादवले अर्थमन्त्री यादव संग आफ्नो कुनै ब्यक्तिगत रिसइबी नभएको र वहाले कमिसनको लागि अनेकौं प्रोपगण्डा रचेको आराेप लगाउनु भयो ।

अर्थमन्त्री भएकै दम्भमा यादवले जुङ्गाकाे लडाइँ ठानेर याेजना राेकन वडा अध्यक्षलाई परिचालित गरेको बताए ।अर्थमन्त्रीले आफूले एउटा सिन्को भाँच्न नसक्ने, तर आएको बजेट रोक्ने काम मात्र गरिरहेका छन्। कृष्ण मन्दिरको निर्माण रोक्नु भनेको आफ्नै विनाश निम्त्याउनु हो,” मेयर प्रत्यासी यादवले भने। उनले मन्दिर निर्माणको बजेट फ्रिज हुने अवस्थामा पुगेको र यसले धार्मिक आस्थामाथि खेलवाड भएको बताए। “यो मन्दिर हाम्रो समुदायको आस्थाको केन्द्र हो।

बजेट फ्रिज हुनु भनेको हाम्रो विश्वासमाथि आघात हो,” उनले थपे। यता, अर्थमन्त्री सुनिल यादवले मेयर प्रत्यासी यादवकाे आरोपलाई निराधार भन्दै खण्डन गरेका छन्। उनले बजेट रोक्ने कुनै मनसाय नरहेको र प्रक्रियागत ढिलाइका कारण मात्र काममा केही विलम्ब भएको दाबी गरे। “मैले बजेट रोकेको छैन। प्राविधिक कारणले केही ढिलाइ भएको हो। मन्दिर निर्माण मेरो प्राथमिकतामा छ र समयमै काम सम्पन्न हुनेछ,” यादवले भने। उनले स्थानीय समुदायलाई ढुक्क रहन र मन्दिर निर्माणमा कुनै अवरोध नआउने आश्वासन दिए।

यो विवादले मधेस प्रदेशमा विकास बजेटको कार्यान्वयन र राजनीतिक हस्तक्षेपको मुद्दालाई पुनः चर्चामा ल्याएको छ। स्थानीय समुदायले मन्दिर निर्माण तत्काल सुरु गर्न माग गर्दै अर्थमन्त्री र मेयर प्रत्यासी यादवकाे बिवादले विकास कार्यमा अवरोध पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। “यो विवादले हाम्रो धार्मिक भावनामा ठेस पुगेको छ। हामी चाँडोभन्दा चाँडो मन्दिर निर्माण सुरु भएको देख्न चाहन्छौं,” स्थानीय रामेश्वर साहले भने।

स्थानीयवासीले मन्दिर निर्माण समयमै सुरु नभए अर्थमन्त्री यादव र वडा अध्यक्ष एजाजकाे विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। “हामी शान्तिपूर्वक माग राख्दैछौं, तर बजेट फ्रिज भयो वा काम सुरु भएन भने हामी सडकमा उत्रिन बाध्य हुनेछौं,” अर्का स्थानीय श्यामसुन्दर यादवले बताए।

मधेस प्रदेश सरकार र सम्बन्धित निकायले यो विवादलाई तत्काल समाधान गरी मन्दिर निर्माणको काम अघि बढाउनुपर्ने स्थानीयको माग छ। यो घटनाले प्रदेशमा बजेट कार्यान्वयनको पारदर्शिता र प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!