विराटनगर ९२ रनमा अलआउट, सुदूरपश्चिम ९० रनले विजयी

मंसिर १८ गते

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुदूरपश्चिम रोयल्सले ९० रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६ ओभर एक बलमा ९२ रनमै समेटियो । विराटनगरको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिमले भने आफ्नो पहिलो खेलमै जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरूमा फिल्डिङ गर्ने निर्णय लिएका थिए । तर सुरूआत विराटनगरले सोचे जस्तो भए पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २४ बलमा ५७ रनको आक्रामक पारी खेलेपछि भने सुदूरपश्चिमले १८२ रनको विशाल स्कोर खडा गर्‍यो ।

सुदूरपश्चिमका ओपनर अमित श्रेष्ठ इस्मात अलामको बलमा क्याच क्याट भएका थिए । एक रन बनाएका अमितको क्याच मार्टिन गप्टिलले लिएका थिए । अनिल खरेलले विनोद भण्डारीलाई २३ रनमा मैदान बाहिर पठाए । आरिफ शेख पनि नौ रनमा आउट भएका थिए । बसिर अहमदको बलमा निकलस क्रितनले शानदार क्याच लिए । पावर प्लेमा सुदूरपश्चिमले तीन विकेट गुमाएर ४३ रन जोडेको थियो ।

ब्रान्डन मेक्मलेनले २६ बलमा ३६ रन बनाएर आधार तयार पारे । सैफ जेबले १४ रन मात्र बनाउन सके । सुदूरले अन्तिम १० ओभरमा एक सय १४ रन जोडेको हो । इसान पान्डेले रन आउट हुनुअघि २१ रन थपे । दीपेन्द्रले २४ बलमा ५७ रनको योगदान गरे । उनले तीन चौका र पाँच छक्का प्रहार गरे । स्कट कुग्लेइनले १० रन जोडे ।

विराटनगरका लागि बलिङतर्फ अनिलले तीन विकेट लिए भने सन्दीप लगातार दोस्रो खेलमा विकेटविहीन रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!