लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौं ,१९ मंसिर

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। लुम्बिनीले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो।

विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक रन बनाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ७१ रन बनाए। मार्टिन गप्टिलले २८ रन बनाए भने बसिर अहमदले २३ बलमा ४० रन तथा क्रिस सोलले ४ बलमा १४ रन बनाए। लुम्बिनीका लागि दुर्गेश गुप्ताले तीन विकेट लिए भने साद बीन जाफर र रामोन सिमन्ड्सले समान दुई दुई विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाएका हुन्। यस्तै, टम मूर्सले ३०, विवेक यादवले १९, अर्जुन साउदले १७ रनको योगदान लिए।

लुम्बिनीका लागि आशुतोष घिरैया र साद बिन जफरले समान १५/१५ रन, सन्दीप जोराले १२, बेन कटिङले छ र रामोन सिमन्ड्सले दुई रन बनाए। विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक/एक विकेट लिए।

योसँगै विराटनगरले आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने लुम्बिनीले हारबाट सुरुवात गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!