राैतहट प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १६ बर्ष पछि पक्राउ

राैतहट,२० गते पुस २०८१

राैतहटमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १६ बर्ष पछि पक्राउ गर्न सफल भएको छ । जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर १ का ५२ वर्षिय जितन महताे नुनिया कर्तव्य ज्यान मुद्दाको १६ वर्षपछि प्रहरी नियन्त्रणमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय राैतहटका निमित्त सुचना अधिकारी एवं प्रहरी निरिक्षक उमाशंकर प्रसादले दिएको जानकारी अनुसार शुक्रबार उनलाई राैतहट जिल्ला अदालत बाट जारी भए पक्राउ पुर्जी दिई प्रहरीले आफनाे नियन्त्रणमा लिएको हाे । 

राैतहट जिल्ला अदालत बाट म्याद लिई प्रहरीले थप अनुसंधान गरिरहेकाे उनले बताएका छन् । प्रहरी निरिक्षक प्रसादका अनुसार फरार प्रतिवादी महताेले वि.स.२०६५ साल पुस २४ गते आफ्नै भाइ हरिराम महताे नुनियाकाे श्रीमती अन्दाजी वर्ष २२ कि शारदा देवीलाई कर्तव्य गरि मारी वेपता पारेका थिए । 

मृतकको शव वि.स.२०६५ साल पुस २७ गते साेही ठाउँ स्थित खेत बारीमा गाडेको अवस्थामा फेला परेकाे थियो । उक्त घटना पश्चात् प्रतिवादी महताे फरार रहँदै आएका थिए । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय राैतहटले फरार प्रतिवादी पक्राउलाई अभियानकै रुपमा अघि बढाएको छ । केहिदिन अघि एकै दिन राैतहट प्रहरीले ३३ फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!