रौतहट,पुस,२२गते
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले जनकपुरधाममा निर्माण हुन लागेको अन्तराष्ट्रि बहुउद्येश्यि रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने बताएका छन् ।
जनकपुरधाममा आईतबारदेखि सुरु भएको जय ट्रफी (एलिट कप) को उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले रंगशालाको डिपिआर तयारको काम लगभग सम्पन्न भइसकेको जानकारी दिए । उनले डिपिआर तयार गर्न केहि प्राविधिक समस्याहरु समाधान भइसकेको र अबको केहि दिन भित्रै डिपिआर तयार भइसक्ने बताए ।
मुख्यमन्त्री सिंहले भोली २२ गत्ते राष्ट्रिय परिषद र गुठी संस्थाबीच रंगशालाको जमिनका लागि मधेश प्रदेश सरकारसंग सम्झौता हुन लागेको समेत जानकारी दिए । त्यसपछि दुई वा तीनदिन भित्र बस्ने क्याबिनेटको बैठकबाट निर्णय गरेर केन्द्रसंग अनुमति लिने प्रक्रिया बढाइने उनले जनाए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदि जनकपुरधाम आउँदा घोषणा गरेका १ अर्ब रुपैया अनुदान यसै रंगशाला निर्माणमा खर्च गर्ने र प्रदेश सरकारले आफ्नो बजेटमार्फत थप १ अर्ब रुपैयाँ रंगशालाका लागि दिने मुख्यमन्त्री सिंहले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशका युवाहरुलाई कुनै न कुनै खेलमा आवद्ध हुन आग्रह गरे । खेलकुदको विकासमा मधेश प्रदेश सरकार सधैं सकारात्मक रहेको र आगामि दिनहरुमा झन बढि लगानि गर्ने सोच बनाएको बताए ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन । क्यानका सचिव पारस खडकाले नेपाली क्रिकेटलाई थप मजबुत बनाउनका लागि रेड बल क्रिकेट आवश्यक रहेकाले यो प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रधानमन्त्री कपमा शिर्षका ४ टोलीलाई समावेश गरेर यो प्रतियोगिताको आयोजना गरिएपनि पूर्वाधारहरु देशको विभिन्न स्थानमा तयार भएपछि यो प्रतियोगितलाई थप विस्तारित बनाइने खडकाले बताए ।
पूर्वाधार तथा आयश्रोतको अभावका कारण कम टिमलाई मात्रै राखेर यो प्रतियोगिताको आयोजना गरिएको बताउँदै खडकाले तिनवटै तहका सरकारलाई खेल मैदान निर्माणमा ध्यान पुर्याउन आग्रह गरे ।प्रतियोगिताको उद्घाटन खेल जनकपुरधाममा मधेस प्रदेश र बागमती प्रदेशबिच भइरहेको छ ।



