जनता समाजवादी पार्टी,नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय

माघ २९, २०८१ मंगलबार

रौतहट । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

मङ्गलवार सिंहदरबारमा बसेको जसपा नेपालको संसदीय दलको बैठकमा सरकारले जारी गरेका छ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निष्कर्ष निकालेको हो ।

निर्णयअघि उपाध्यक्ष राज किशोर यादवको नेतृत्वमा गठित कार्यदलले अध्यादेशको गहिरो अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनका आधारमा जसपा नेपालले सार्वजनिक सम्पत्ति रक्षा गर्ने र भू-माफियाको प्रभाव रोक्नुपर्ने तर्कसहित असहमति जनाएको सांसद प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार, अध्यादेशले वन क्षेत्र र सार्वजनिक जग्गामा प्रतिकूल असर पार्ने प्रावधान समेटेको छ ।जसपा नेपालले बाँकी पाँच वटा अध्यादेशलाई स्वीकृति दिने पक्षमा सकारात्मक धारणा राखेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!