माघ,२९गते
रौतहट । बारा जिल्लामा लागू औषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरी ठूलो परिमाणमा लागू औषधसहित नगद रकम बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा मंगलवार बिहान साढे ७ बजे प्रहरी चौकी पथलैया बाराबाट खटिएको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा हेटौडाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प १६१४ नम्बरको स्कुटीलाई रोक्न खोज्दा नरोकी भागेपछि प्रहरीले पछ्याउँदै इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको संयुक्त टोलीले सुर्य नेपाल अगाडि स्कुटी रोकी चेकजाँच गरेको थियो ।
जाँचका क्रममा स्कुटीको डिक्कीभित्र लुकाइराखेको १३ किलो अफिम जस्तो देखिने लागू औषध र नगद १ लाख ३३ हजार ६५५ रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा मकवानपुर मनहरी गाउँपालिका वडा नं. ६ का ५४ वर्षीय स्कुटी चालक सुर्य बहादुर मोक्तान र मकवानपुर कैलाश गाउँपालिका वडा नं. ८ का ४५ वर्षीय भीम बहादुर मोक्तान रहेका छन् ।



