रौतहटमा मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयकविरुद्ध मौन जुलुस प्रदर्शन

अरविन्द कुमार यादव

रौतहट,२९ माघ।नेपाल सरकारले प्रस्तावित “मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक” खारेजीको माग गर्दै श्रमजीवी पत्रकार संघ, जिल्ला कार्य समिति रौतहटको आयोजनामा मौन जुलुस प्रदर्शन तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ।

आज २०८१ माघ २९ गते, मंगलबार दिउँसो ३:०० बजे, मधेसी क्रान्ति विपी चौक, गौर मा जिल्लाका सम्पूर्ण श्रमजीवी पत्रकारहरूको सहभागितामा सरकारको प्रेस दमन नीति विरुद्ध आवाज उठाइएको थियो। पत्रकारहरूले “मलाई लेख्न र बोल्न दे सरकार” भन्ने नारासहित मौन जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएका छन्।

श्रमजीवी पत्रकार संघका जिल्ला सचिव अभिमन्यु कुमार पटेलले पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि अंकुश लगाउने नियतले ल्याइएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएकाले तुरुन्त फिर्ता लिनुपर्ने माग गरेका छन्।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, स्वतन्त्र पत्रकार तथा समाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विधेयक खारेज नभएसम्म चरणबद्ध संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!